अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्ः प्रधानन्यायाधीश श्रेष्ठ

Spread the love

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताउनुभएको छ । सोमवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताउनु भयो । उहाँले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताउनु भयो । उहाँले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताउनु भयो । उहाँले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अलालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रुपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरुमा राम्रो दृष्टिकोणले मुद्दा निरुपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरु छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन् । ति मुद्दाहरुलाई हामीले पक्षबाट न्युनिकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् । मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध छौँ, लागिरहेका छाँै । अहिलेको भोलि नै हुनेकुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छाँै ।’ प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको व्यवस्थापन बिस्तारै हुँदै जाने बताउनु भयो ।

  • Related Posts

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    Spread the love

    Spread the love बिरगंज, पर्सा — ओमप्रदेश यादवनारायणी अस्पतालमा हैजा संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिएको छ। डाक्टर उदयनारायण सिंहका अनुसार हैजाको बिरामी बढ्नुको मुख्य कारण नेपाल सरकारको खानेपानी पाइपमा प्रदूषित पानी मिसिनु हो। उनले भने, “हाल हैजाका बिरामीहरूको लागि पर्याप्त बेड छैन। उपचारमा समस्या भइरहेको छ र स्थानीय सरकार व्यवस्थापनमा चुकेको देखिन्छ।” पछिल्ला केही महिनादेखि जिल्लामा खानेपानीको अभाव देखिँदै आएको थियो। यो समस्यालाई समाधान गर्न सरकारले नयाँ खानेपानी पाइप जडान गरेको थियो। तर, सो पाइपको उचित व्यवस्थापन नभएकाले लिकेज भएको वा त्यहाँ हैजाको किटाणु मिसिएको आशंका गरिएको छ। स्वास्थ्यकर्मीहरूले स्वच्छ खानेपानी मात्र सेवन गर्न, उमालेर मात्र खानेपानी प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसबीच स्थानीयवासीहरूले भने खानेपानी व्यवस्थापनमा गम्भीर त्रुटि गरेको भन्दै सरकारलाई चाँडै सुधारात्मक कदम चाल्न माग गरेका छन्।

    Read more

    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    Spread the love

    Spread the loveजितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग