
बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो ।
खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।