वसडिलवाको सडक क्षेत्रमा परेको संरचना हटाइयो

Spread the love

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २९ बसडिलवामा निर्माणाधीन सडक क्षेत्रमा परेको घर टहरा हटाइएको छ ।

सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । वीरगञ्ज महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो ।

महानगरपालिकाको बगहिदेखि मुसैली बसडिलवा, बकनेर हुँदै पर्सागढी नगरपालिका – ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्की सडक बनिरहेको छ । नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांश क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिलवामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो ।

पटक–पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रमुख राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहितको टोली पठाएका थिए । महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो ।

२० करोड ५१ लाखको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरी सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ । सडकमा परेको संरचना हटाउन वडा नम्बर २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुसाल, स्थानीय राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    जगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले दिए प्रेस विज्ञप्ति

    Spread the love

    Spread the loveसिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच दलले जगदम्बा स्टील्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म संचालन नगर्न माग गरेका छन् । उद्योगमा बुधवार राति भएको विष्फोटको घटनापछि विभिन्न पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने भट्टी स्थानान्तरण नभएसम्म संचालनमा रोक लगाउन माग गरेका हुन् । उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । एमाले अध्यक्ष त्रिलोक बिक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलले उद्योगको सिसिएम प्लान्टमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विष्फोटका घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ । ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भईरहेको थियो । तरपनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिदैन । यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नुपरेको छ । विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिकरुपमा असर पुर्याईरहेको वर्तमान अवस्थाप्रति हामी गम्भीर छौं’ विज्ञप्तिमा उल्लेख छ । बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा…

    Read more

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    Spread the love

    Spread the loveकाठमाडौँको शंखरापुर नगरपालिका-५ स्थित साँखु-नगरकोट सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । बुधवार अपराह्न ५ बजेको करिबमा चाबहिल, मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थीहरू पिकनिकबाट फर्कने क्रममा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने ३४ जना सामान्य घाइते भएका छन् । तकमध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल, र अर्का एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । विद्यार्थीहरू फिलिप लामा, प्रजोल थापा, भिम तामाङ, राम परियार, सुजन मगर, सिरिसा सुवेदी, प्रकाश बम, साधन विष्ट, आराध्या शाह, आशिस तामाङ, स्नेहा राई, गङ्गा ज्योति, रञ्जित थापा, सुहाना गुभाजु, श्रिसान्त पौडेल, कल्पना रेज्मी, विकल्प श्रेष्ठ, नाइस्का पाण्डे, सुविता तामाङ, निशान्त पौडेल, सौगात मगर, अबित खान, अंकित नेपाल, रिदम थापाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शंखरापुर अस्पतालमा आदित्य सुनार, धिरज साउद, र सन्देश गरीको उपचार चलिरहेको छ भने नेपाल मेडिकल कलेजमा सक्सेस खड्का,…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    जगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले दिए प्रेस विज्ञप्ति

    जगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले  दिए प्रेस विज्ञप्ति

    जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

    जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी