वसडिलवाको सडक क्षेत्रमा परेको संरचना हटाइयो

Spread the love

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २९ बसडिलवामा निर्माणाधीन सडक क्षेत्रमा परेको घर टहरा हटाइएको छ ।

सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । वीरगञ्ज महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो ।

महानगरपालिकाको बगहिदेखि मुसैली बसडिलवा, बकनेर हुँदै पर्सागढी नगरपालिका – ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्की सडक बनिरहेको छ । नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांश क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिलवामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो ।

पटक–पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रमुख राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहितको टोली पठाएका थिए । महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो ।

२० करोड ५१ लाखको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरी सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ । सडकमा परेको संरचना हटाउन वडा नम्बर २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुसाल, स्थानीय राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    Spread the love

    Spread the loveजितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो…

    Read more

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    Spread the love

    Spread the loveसिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १२ औं नगरसभा मंगलवार सिमरा स्थित होटल क्लासिकमा सम्पन्न भएको हो । नगरसभाले उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका थिए । बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सूचना प्रविधि र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा प्राथमिकता दिइएको उल्लेख गरिएको छ । १२ औं नगरसभामा नगरप्रमुख राजन पौडेलद्वारा प्रस्तुत गरिएको निति तथा कार्यक्रमको पुर्णपाठ यस्तो छ:-                  

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग