
जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहित ६ जनालाई कैद फैसला सुनाएको छ । अदालतले अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला सुनाएको हो ।
वडा अध्यक्ष गुप्ताले डोजर लगाई स्थानीय तहको निर्वाचनमा आफना प्रमुख प्रतिद्धन्दी रहेका राजुराज गिरीको घर अगाडिको सार्बजनिक बाटोमा डोजर ल्याई खनी क्षती पुरयाएका थिए अध्यक्षले गिरिको गाईगोठमा समेत डोजर लगाएका थिए ।
राजुराज गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्धामा वडा अध्यक्ष गुप्ता , नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता , सुनिल साह कानु , वडा अध्यक्षका दाई अनिल गुप्ता , वडा अध्यक्षसँग रहने सुरेश राउत अहिर भनिने सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् ।
मुलुकि अपराध संहिता ,२०७४ को दफा २८५(१) र २(ख)बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतका न्यायधीश तारादेबी महर्जनले असार १९ गते गर्नुभएको थियो । असार २८ गते शुक्रबारको फैसलाले वडा अध्यक्ष गुप्ता सहित छ जनालाई जनही एक महिना कैद र रु एक हजार जरिवाना गरेको हो ।
यता मुदामा कसुर ठहर भएका वडा अध्यक्ष गुप्ताले अदालतको फैसला विरूद उच्च अदालत जाने तयारीमा रहेका छन् । स्कुलको जग्गालाई संरक्षण गर्दा आफुहरूमाथी मुदा लगाइएको वडा अध्यक्षले बताउदै आएका छन् ।
फैसला पछि जीतपुरका स्थानीयहरूले सामाजिक संजालको ग्रुपहरूमा वडा अध्यक्षको ज्यादतीको परिणाम आएको बताई रहेका छन् । यता वडा अध्यक्षका समर्थकहरूले अदालतको फैसला गलत रहेको जिकिर गरिरहे छन् ।