८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ

Spread the love

मकवानपुर ।१९ असोज ।मकवानपुरको हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीयलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

सुन तस्करीको विशेष सूचना पाएपछि एसपी खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।

  • Related Posts

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    Spread the love

    Spread the loveकाठमाडौँको शंखरापुर नगरपालिका-५ स्थित साँखु-नगरकोट सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । बुधवार अपराह्न ५ बजेको करिबमा चाबहिल, मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थीहरू पिकनिकबाट फर्कने क्रममा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने ३४ जना सामान्य घाइते भएका छन् । तकमध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल, र अर्का एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । विद्यार्थीहरू फिलिप लामा, प्रजोल थापा, भिम तामाङ, राम परियार, सुजन मगर, सिरिसा सुवेदी, प्रकाश बम, साधन विष्ट, आराध्या शाह, आशिस तामाङ, स्नेहा राई, गङ्गा ज्योति, रञ्जित थापा, सुहाना गुभाजु, श्रिसान्त पौडेल, कल्पना रेज्मी, विकल्प श्रेष्ठ, नाइस्का पाण्डे, सुविता तामाङ, निशान्त पौडेल, सौगात मगर, अबित खान, अंकित नेपाल, रिदम थापाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शंखरापुर अस्पतालमा आदित्य सुनार, धिरज साउद, र सन्देश गरीको उपचार चलिरहेको छ भने नेपाल मेडिकल कलेजमा सक्सेस खड्का,…

    Read more

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    Spread the love

    Spread the loveवीरगञ्ज । भ्रष्टाचारको लागि बदनाम र भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परिसकेका उपसचिव राम विनय सिंहलाई पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । लामो समयदेखि विवादित बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा निलम्बन परिसकेका सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । पर्साको तत्कालीन मिर्जापुर गाउँ विकास समिति वडा नम्बर ६, बघमरीस्थित एक झोले विद्यालयलाई रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कामु जिल्ला शिक्षा अधिकृतका रूपमा कार्यरत सिंहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  मिर्जापुरमा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलाई आर्थिक वर्ष ६४/६५ देखि ६९/७० रकम निकासा गरेको जनाउँदै अख्तियारले सिंहसहित तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झासहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको मुद्दाको आधारमा सिंह दुई वर्षका लागि निलम्बनमा समेत परेका थिए । यद्यपि भ्रष्टाचार मुद्दामा उनले सर्वोच्च अदालतबाट सफाई पाए । त्यसको केही समय पछि नै पुनः पर्साको जिल्ला शिक्षा अधिकारी बनेर आएका सिंह फेरी विवादमा तानिए । यस पटक उनमाथि विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्रावि, निमावि र माविमा राहत दरबन्दी सृजना गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लगाएको थियो ।…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    बाराको  सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता  अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

    लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

    फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

    फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती