भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

Spread the love

वीरगञ्ज । भ्रष्टाचारको लागि बदनाम र भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परिसकेका उपसचिव राम विनय सिंहलाई पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

लामो समयदेखि विवादित बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा निलम्बन परिसकेका सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

पर्साको तत्कालीन मिर्जापुर गाउँ विकास समिति वडा नम्बर ६, बघमरीस्थित एक झोले विद्यालयलाई रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कामु जिल्ला शिक्षा अधिकृतका रूपमा कार्यरत सिंहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

मिर्जापुरमा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलाई आर्थिक वर्ष ६४/६५ देखि ६९/७० रकम निकासा गरेको जनाउँदै अख्तियारले सिंहसहित तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झासहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले दायर गरेको मुद्दाको आधारमा सिंह दुई वर्षका लागि निलम्बनमा समेत परेका थिए । यद्यपि भ्रष्टाचार मुद्दामा उनले सर्वोच्च अदालतबाट सफाई पाए । त्यसको केही समय पछि नै पुनः पर्साको जिल्ला शिक्षा अधिकारी बनेर आएका सिंह फेरी विवादमा तानिए । यस पटक उनमाथि विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्रावि, निमावि र माविमा राहत दरबन्दी सृजना गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लगाएको थियो ।

तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबाट संरक्षण पाइरहेका सिंहले युनिसेफ, टिपीटी लगायतका कार्यक्रमहरू सञ्चालन नै नगरी सो बापतको बजेट कागज बनाएर अपचलन गरेको आरोप पनि लागेको थियो ।

त्यस्तै सङ्घीयता स्थापना पश्चात् गठन भएको जिल्ला शिक्षा समन्वय इकाई रौतहटको प्रमुखका रूपमा कार्यरत रहँदा सिंहले स्थानीय तहले गरेको सिफारिस विपरीत मनपरी ढङ्गबाट भवन वितरण गरेको आरोप लागेको थियो । सिंहले आर्थिक चलखेलको आधारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको भवन वितरण गरेको बाहिरिएको थियो ।

रौतहट जिल्लास्थित फतुवा विजयपुर नगरपालिकाले विभिन्न विद्यालयलाई भवन निर्माणको योजना उपलब्ध गराउनको लागि नगरपालिकाको बोर्डबाट निर्णय गरेर गरिएको सिफारिस विपरीत सिंहले आर्थिक चलखेलको आधारमा मनपरी ढङ्गबाट भवनको योजना वितरण गरेको आरोप लागेको थियो ।

त्यस्तै, त्यसअघि बाराको जिल्ला शिक्षा अधिकारीका रूपमा कार्यरत रहँदा पनि सिंहले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । सिंहविरुद्ध पटक-पटक उजुरी परेपछि छानबिन गर्न बारा जिल्ला पुगेको अख्तियारको टोलीले उनको कामकारबाही सन्तोषजनक नदेखिएको तथ्य समेत फेला पारेको थियो ।

सो बखत उनी काठमाडौँस्थित शिक्षक किताब खानामा सरुवा भएर जाँदा उनको ठाउँमा बाराको जिल्ला शिक्षा अधिकारी बनेर आएका जय प्रसाद दासलाई बरबुझारथ नगरी गएको अख्तियारले निष्कर्ष निकालेको थियो ।

समय-समयमा भ्रष्टाचार आरोप खेप्दै आएका र विवादमा मुछिँदै आएका सिंहले अब बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा के कस्ता काण्डहरू गर्दै छन् हेर्न बाँकी नै छ ।

Previous Article

Next Article

https://www.facebook.com/v3.2/plugins/comments.php?app_id=2167983046752330&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df0537b2829149bfe4%26domain%3Dyatradaily.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fyatradaily.com%252Ff232269112fed1fc1%26relation%3Dparent.parent&container_width=730&height=100&href=http%3A%2F%2Fyatradaily.com%2Fnews%2Fdetail%2F68966%2F&locale=en_US&numposts=15&sdk=joey&version=v3.2&width=

भर्खरै

  • Related Posts

    जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

    Spread the love

    Spread the loveजीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लदर्स ईन्डष्ट्रिज प्रा.लि. र असोक स्टिल ईन्डष्ट्रिज बजनीलाई कुनै पनि प्रशासनिक स्वीकृति विना नै फोहर पदार्थ तथा फोहर पानी सिधै नजिकैको खोलामा मिसाएको पाइएकाले पत्र लेखेर यस्तो निर्देशन दिएको हो । नगर प्रमुख राजन पौडेलले उद्योगको यस्तो गतिविधिले वातावरणीय सन्तुलन बिग्रन सक्ने भएकाले तुरुन्तै सुधारका उपायहरू अपनाउन निर्देशन दिइएका छन् । उनले उद्योगलाई फोहर पानी प्रशोधन गरेर मात्र बाहिर निकाल्न, आवश्यक उपकरण तथा शुद्धीकरण प्रणाली जडान गर्न र वातावरणीय मापदण्ड पालना गर्न आग्रह गरे ।नियमको पालना नगर्ने जोसुकैलाई कार्बाही हुने उनले जानकारी गराए । यदि उद्योगले तोकिएको मापदण्ड पालना नगरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ को दफा १५ अनुसार कडा कारबाही हुने चेतावनी दिइएको बाताबरण तथा बिपद् ब्यवस्थापन शाखा प्रमुख ई. पुष्पा सिँहले उद्योगहरुलाई लेखिएको पत्रमा भनिएको छ । नियम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा ४५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।उपमहानगरपालिकाले उद्योगलाई समयमै आवश्यक सुधार गर्न आग्रह…

    Read more

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    Spread the love

    Spread the loveकाठमाडौँको शंखरापुर नगरपालिका-५ स्थित साँखु-नगरकोट सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । बुधवार अपराह्न ५ बजेको करिबमा चाबहिल, मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थीहरू पिकनिकबाट फर्कने क्रममा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने ३४ जना सामान्य घाइते भएका छन् । तकमध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल, र अर्का एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । विद्यार्थीहरू फिलिप लामा, प्रजोल थापा, भिम तामाङ, राम परियार, सुजन मगर, सिरिसा सुवेदी, प्रकाश बम, साधन विष्ट, आराध्या शाह, आशिस तामाङ, स्नेहा राई, गङ्गा ज्योति, रञ्जित थापा, सुहाना गुभाजु, श्रिसान्त पौडेल, कल्पना रेज्मी, विकल्प श्रेष्ठ, नाइस्का पाण्डे, सुविता तामाङ, निशान्त पौडेल, सौगात मगर, अबित खान, अंकित नेपाल, रिदम थापाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शंखरापुर अस्पतालमा आदित्य सुनार, धिरज साउद, र सन्देश गरीको उपचार चलिरहेको छ भने नेपाल मेडिकल कलेजमा सक्सेस खड्का,…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    बाराको  सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता  अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

    लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

    फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

    फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती