जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

Spread the love

जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लदर्स ईन्डष्ट्रिज प्रा.लि. र असोक स्टिल ईन्डष्ट्रिज बजनीलाई कुनै पनि प्रशासनिक स्वीकृति विना नै फोहर पदार्थ तथा फोहर पानी सिधै नजिकैको खोलामा मिसाएको पाइएकाले पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।

नगर प्रमुख राजन पौडेलले उद्योगको यस्तो गतिविधिले वातावरणीय सन्तुलन बिग्रन सक्ने भएकाले तुरुन्तै सुधारका उपायहरू अपनाउन निर्देशन दिइएका छन् । उनले उद्योगलाई फोहर पानी प्रशोधन गरेर मात्र बाहिर निकाल्न, आवश्यक उपकरण तथा शुद्धीकरण प्रणाली जडान गर्न र वातावरणीय मापदण्ड पालना गर्न आग्रह गरे ।नियमको पालना नगर्ने जोसुकैलाई कार्बाही हुने उनले जानकारी गराए ।

यदि उद्योगले तोकिएको मापदण्ड पालना नगरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ को दफा १५ अनुसार कडा कारबाही हुने चेतावनी दिइएको बाताबरण तथा बिपद् ब्यवस्थापन शाखा प्रमुख ई. पुष्पा सिँहले उद्योगहरुलाई लेखिएको पत्रमा भनिएको छ । नियम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा ४५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।उपमहानगरपालिकाले उद्योगलाई समयमै आवश्यक सुधार गर्न आग्रह गर्दै नियम पालना नगरे थप कडा कारबाही गरिने चेतावनी दिएको छ ।

  • Related Posts

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    Spread the love

    Spread the loveवीरगञ्ज । भ्रष्टाचारको लागि बदनाम र भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परिसकेका उपसचिव राम विनय सिंहलाई पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । लामो समयदेखि विवादित बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा निलम्बन परिसकेका सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । पर्साको तत्कालीन मिर्जापुर गाउँ विकास समिति वडा नम्बर ६, बघमरीस्थित एक झोले विद्यालयलाई रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कामु जिल्ला शिक्षा अधिकृतका रूपमा कार्यरत सिंहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  मिर्जापुरमा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलाई आर्थिक वर्ष ६४/६५ देखि ६९/७० रकम निकासा गरेको जनाउँदै अख्तियारले सिंहसहित तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झासहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको मुद्दाको आधारमा सिंह दुई वर्षका लागि निलम्बनमा समेत परेका थिए । यद्यपि भ्रष्टाचार मुद्दामा उनले सर्वोच्च अदालतबाट सफाई पाए । त्यसको केही समय पछि नै पुनः पर्साको जिल्ला शिक्षा अधिकारी बनेर आएका सिंह फेरी विवादमा तानिए । यस पटक उनमाथि विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्रावि, निमावि र माविमा राहत दरबन्दी सृजना गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लगाएको थियो ।…

    Read more

    बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    Spread the love

    Spread the loveबाराको प्रहरी प्रमुखको जिमेवारीमा आउनुभएको प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले जिल्लाको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय कलैयामा पत्रकारहरुसंगको भेटमा उहाँले सुरक्षा ब्यवस्थालाई राम्रो बनाउन सुन्य सहनशीलता अपनाउने बताउनुभएको हो । सुरक्षाको दृष्टिकोण बारा जिल्ला उच्च जोखिममा रहेको र पछिलो समय यस जिल्लामा अपराधका घटना बढदै गएको भन्ने संचारकर्मिहरुको प्रश्नमा उहाँले प्रहरीले देशका नागरिकलाई शान्ति सुरक्षा दिने आफ्नो जिमेवारीलाई आफु आएपछि पुर्ण रुपले पालना गर्ने बताउदै सबैको साझा बनेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले बोडरमा हुने अनैतिक आर्थिक लेनदेनका कुरालाई शुन्यमा ल्याउनुका साथै अधार र प्रमाणका साथ काम गर्न सबै मातहतका ईकाईहरुलाई निर्देशित गरेको जानकारी दिनुभयो । कार्यक्रममा बारा र पर्साका गरी करिब ५० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनमा बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबापनि उपस्थित रहनुभएको थियो ।

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

    बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    बाराको  सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता  अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

    लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

    लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

    फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

    फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती