जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ

Spread the love

जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लदर्स ईन्डष्ट्रिज प्रा.लि. र असोक स्टिल ईन्डष्ट्रिज बजनीलाई कुनै पनि प्रशासनिक स्वीकृति विना नै फोहर पदार्थ तथा फोहर पानी सिधै नजिकैको खोलामा मिसाएको पाइएकाले पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।

नगर प्रमुख राजन पौडेलले उद्योगको यस्तो गतिविधिले वातावरणीय सन्तुलन बिग्रन सक्ने भएकाले तुरुन्तै सुधारका उपायहरू अपनाउन निर्देशन दिइएका छन् । उनले उद्योगलाई फोहर पानी प्रशोधन गरेर मात्र बाहिर निकाल्न, आवश्यक उपकरण तथा शुद्धीकरण प्रणाली जडान गर्न र वातावरणीय मापदण्ड पालना गर्न आग्रह गरे ।नियमको पालना नगर्ने जोसुकैलाई कार्बाही हुने उनले जानकारी गराए ।

यदि उद्योगले तोकिएको मापदण्ड पालना नगरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ को दफा १५ अनुसार कडा कारबाही हुने चेतावनी दिइएको बाताबरण तथा बिपद् ब्यवस्थापन शाखा प्रमुख ई. पुष्पा सिँहले उद्योगहरुलाई लेखिएको पत्रमा भनिएको छ । नियम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा ४५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।उपमहानगरपालिकाले उद्योगलाई समयमै आवश्यक सुधार गर्न आग्रह गर्दै नियम पालना नगरे थप कडा कारबाही गरिने चेतावनी दिएको छ ।

  • Related Posts

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    Spread the love

    Spread the love बिरगंज, पर्सा — ओमप्रदेश यादवनारायणी अस्पतालमा हैजा संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिएको छ। डाक्टर उदयनारायण सिंहका अनुसार हैजाको बिरामी बढ्नुको मुख्य कारण नेपाल सरकारको खानेपानी पाइपमा प्रदूषित पानी मिसिनु हो। उनले भने, “हाल हैजाका बिरामीहरूको लागि पर्याप्त बेड छैन। उपचारमा समस्या भइरहेको छ र स्थानीय सरकार व्यवस्थापनमा चुकेको देखिन्छ।” पछिल्ला केही महिनादेखि जिल्लामा खानेपानीको अभाव देखिँदै आएको थियो। यो समस्यालाई समाधान गर्न सरकारले नयाँ खानेपानी पाइप जडान गरेको थियो। तर, सो पाइपको उचित व्यवस्थापन नभएकाले लिकेज भएको वा त्यहाँ हैजाको किटाणु मिसिएको आशंका गरिएको छ। स्वास्थ्यकर्मीहरूले स्वच्छ खानेपानी मात्र सेवन गर्न, उमालेर मात्र खानेपानी प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसबीच स्थानीयवासीहरूले भने खानेपानी व्यवस्थापनमा गम्भीर त्रुटि गरेको भन्दै सरकारलाई चाँडै सुधारात्मक कदम चाल्न माग गरेका छन्।

    Read more

    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    Spread the love

    Spread the loveजितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग