सिमरा, बारा | २०८२ साउन ३
जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २, जानकी टोलस्थित एक घरमा जुवा (तास) खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा मिति २०८२ साल साउन ३ गते दिउँसो अन्दाजी ३:०० बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक शुभास साहको कमाण्डमा खटिएको टोलीले केशव सुनुवारको घरमा छापा मारेको थियो।
छापाका क्रममा उक्त घरको तेस्रो तल्लाको कोठामा ९ जना व्यक्ति जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट प्रहरीले तासका पत्तासहित रु. १,५४,६८० (एक लाख चौवन्न हजार छ सय अस्सी रुपैयाँ) नगद बरामद गरेको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।
पक्राउ परेकाहरूको विवरण: १. सुसन खाती सुनार (उमेर ३०), वडा नं १
२. बलराम बिश्वकर्मा (उमेर ४०), वडा नं २
३. सुमन कुमार भट्टराई (उमेर ५६)
४. अभय कुमार श्रीवास्तव (उमेर ४१)
५. केशव सुनुवार (उमेर ४१)
६. थहल बहादुर बिश्वकर्मा (उमेर ५२), वडा नं २
७. शिवजी प्रसाद साह (उमेर ५४)
८. राज कुमार भट्टराई (उमेर ५१), वडा नं १
९. बलराम कुमार क्षेत्री (उमेर ५९), वडा नं २
प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ।







