संसद्‌मा बोल्न नपाएको गुनासो गर्दै तोसिमाले भनिन्ः सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो ?

Spread the love

काठमाडौं, चैत ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा स्टाटस लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’

संसद्‌मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्‌मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो? एकअर्कामाथि छेडखानी मात्र ?’ उनको प्रश्न छ ।

सांसद डा. कार्कीको फेसबुक स्टाटस जस्ताको तेस्तै
संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ? काठमाण्डौमा नै बीर, पाटन, कान्ति, टिचिङ लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन छ। बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर केहि अस्पतालका आईसीयु खाली बसेका छन्।यसबारेमा संसदमा बोल्न समय पाइदैन।

नियमावली अनुसार संसदमा ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ। आजकल प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ। मैले दुवै प्रकृयामा आकस्मिक समय माग गरेँ । तर समय दिईएन ।

आईसीयु नपाएका बिरामीहरुको बिजोग छ। स्थिती दिनानुदिन गम्भिर हुँदै गएको छ । समाधान गर्न गार्हो विषय पनि होईन। समाधान छ। त्यसबारेमा संसदले निर्देशन दिन आवश्यक छ । यो लापरवाही आमनागरिकले पनि थाहा पाउन आवश्यक छ । यो विषयको अर्जेन्सीको कारण केहि दिन अघि र आज पनि निरन्तर आकष्मिक समय माग गरिरहँदा पनि समय पाईन । दिनदिनै डरलाग्दो भइरहेको यो स्थितीको गाम्भिर्यता र आकष्मिकताको मनन नभएकोमा दुख लाग्यो ।

यो समाधान नगरे समस्या झन् विकराल हुनसक्छ ।अब भोलिबाट IPUसम्मेलनका कारण १० दिन संसद नचल्ने भएको छ। तसर्थ यो विषय प्रतिनिधि सभाको सभामुख महोदय, सम्बन्धित मन्त्री र सबैमा पुगोस् भनि यहिँ राख्दैछु।
सम्माननीय सभामुख महोदय,
एक पटक यो तथ्यांक ध्यान दिएर सुन्न आग्रह गर्छु । एउटा अस्पताल जहाँ मेडिकल ICUमा ८ बेड छन् २ वटा थन्किएका छन् । सर्जिकल ICU १८ बेडमा १० प्रयोगमा छैनन् । रेस्पी ICUमा AC बिग्रेकोले बिरामीको तापक्रममा समस्या छ । न्युरो ICU ९ बेडमा ४ प्रयोगमा छैनन् । Gastro/Hepato ICU (११ बेड भएकोमा)पुरै बन्द गरी ताल्चा लगाईएको छ । ICU मा ९ बेडमा ५ बेड थन्किएका, Cardiology ward १८ बेडमा ९ प्रयोगमा छैनन्, जेष्ठ नागरीक वार्ड पुरै बन्द अवस्थामा छ ।अपरेसन कक्षहरुपनि पुर्ण सन्चालन हुनसकेका छैनन्, केहि मात्र सन्चालन भई बाँकी थन्किएका छन् ।
म स्वयम् प्रतक्ष त्यस असप्ताल पुगेर यो हविगत देख्दा निकै पिडा भयो ।आईसियु र भेन्टिलेटर नपाएर छटपटाईरहेका बिरामीहरुको हार गुहार र रोदन सम्झदा राज्यको अकर्मण्यता प्रति आक्रोष पनि जाग्यो। यो कहिँ दुरदराजको ठाउँ र बिरामीको अभाव भएको अस्पतालको तथ्याङ्क होइन । यो देशको सबैभन्दा पुरानो र ठूलो बीर अस्पतालू को तथ्यांक हो । संसद भवनबाट ५ किलोमिटर भित्रै पर्छ । स्वास्थ्य मन्त्रालयबाट २ किलोमिटर भन्दा नजिक । त्यहिँ त्यस्तो छ । बिरामीको चापाचाप छ । अपरेसनका लागि महिनौँको लाइन छ तर अवस्था यस्तो छ । आईसीयु र भेन्टिलेटर नपाएर बिरामीहरू तड्पिरहेका र मरिरहेका छन् ।
त्यसमा अघिल्ला स्वास्थ्यमन्त्रीको नजर नपुगेको होइन । उहाँको नजर परेको मात्रै होइन, एउटा भनाई छ नि, आँखा लाग्यो भन्ने । त्यस्तो चै भयो । सेवामा के फरक पर्छ नभनी उहाँले व्यवस्थापनलाई ध्वस्त बनाइदिनु भयो। आशा छ, अहिलेका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ ।
त्यहाँ काम गर्न एकदमै गाह्रो पनि होइन । ८३१ दरबन्दी स्विकृत भएकोमा पदपुर्ती गरिएको छैन । त्यो गरिहाल्नुपर्नेछ । गत कार्तिकमा पूर्वस्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरु निकालिदिनुभयो यता स्वास्थ्यकर्मी बेरोजगार छन् , उता काम गरिरहेका स्वास्थ्यकर्मी हतोत्साहित छन् । बालबच्चादेखि वृद्धसम्म यो र त्यो अस्पतालमा ICU छ कि भन्दै दौडिन पर्ने भएको छ तर भएका ICU हरु खाली अवस्थामै बन्द छन् । राज्यलाई यो तहसम्मको नालायक हुन हालका स्वास्थ्यमन्त्रीले दिनु हुन्न भन्ने आशा छ । र, स्वास्थ्यमन्त्रालयले गर्नु पर्ने सूचिमा सबै भन्दा माथि राखेर यो काम तत्काल, आज र अहिलैबाट गर्न सुरू गरियोस्, अस्पतालको ट्रलीमा, अस्पताल अगाडि एम्बुलेन्समा बिरामी राखेर ICU खोज्दै यहाँ र त्यहाँ फोन घुमाउँदै कहालिएका नागरिकहरूले थाहा पाउने गरेर यो अस्पतालमा यतिवटा आइसियु छन् यति खाली छन् भनि हेर्न मिल्ने व्यवस्था वेबसाइट मार्फत बनाइयोस् भनि स्वास्थय मन्त्रालयलाई अनुरोध गर्दछु । धन्यवाद ।

  • Related Posts

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    Spread the love

    Spread the love बिरगंज, पर्सा — ओमप्रदेश यादवनारायणी अस्पतालमा हैजा संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिएको छ। डाक्टर उदयनारायण सिंहका अनुसार हैजाको बिरामी बढ्नुको मुख्य कारण नेपाल सरकारको खानेपानी पाइपमा प्रदूषित पानी मिसिनु हो। उनले भने, “हाल हैजाका बिरामीहरूको लागि पर्याप्त बेड छैन। उपचारमा समस्या भइरहेको छ र स्थानीय सरकार व्यवस्थापनमा चुकेको देखिन्छ।” पछिल्ला केही महिनादेखि जिल्लामा खानेपानीको अभाव देखिँदै आएको थियो। यो समस्यालाई समाधान गर्न सरकारले नयाँ खानेपानी पाइप जडान गरेको थियो। तर, सो पाइपको उचित व्यवस्थापन नभएकाले लिकेज भएको वा त्यहाँ हैजाको किटाणु मिसिएको आशंका गरिएको छ। स्वास्थ्यकर्मीहरूले स्वच्छ खानेपानी मात्र सेवन गर्न, उमालेर मात्र खानेपानी प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसबीच स्थानीयवासीहरूले भने खानेपानी व्यवस्थापनमा गम्भीर त्रुटि गरेको भन्दै सरकारलाई चाँडै सुधारात्मक कदम चाल्न माग गरेका छन्।

    Read more

    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    Spread the love

    Spread the loveजितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग