हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ?

Spread the love

वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।”

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ ।

अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ । “पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारीसाधनमा लागनी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन् ।”

पूर्वअध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि विस्तारै छुटाउने नीति लिँदै आएको बताउनुभयो । प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँचपास नगरिकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउनुहुन्छ । “अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो”, उहाँले भन्नुभयो, “भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारीसाधनको जाँचपास हुने हो भने कम्तीमा पनि रु १० अर्ब हाराहारीको राजस्व सङ्कलन हुनेछ ।”

वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास नभई रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् । “अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्”, पूर्वअध्यक्ष थापाले भन्नुभयो, “अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।”

पूर्वअध्यक्ष थापाका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधनबाहेक अन्यमा फाइनान्सिङ गर्न हिच्किचाइरहेका छन् । “नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लागनी गर्नसमेत आनाकानी गरिहेकाले केही समस्या भएको हो ।”

विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०–८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यसबेला ‘डाउनपेमेन्ट’ भने २०–३० प्रतिशत तिरेमात्रै पुग्ने गथ्र्यो । यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् । रासस

  • Related Posts

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    Spread the love

    Spread the love बिरगंज, पर्सा — ओमप्रदेश यादवनारायणी अस्पतालमा हैजा संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिएको छ। डाक्टर उदयनारायण सिंहका अनुसार हैजाको बिरामी बढ्नुको मुख्य कारण नेपाल सरकारको खानेपानी पाइपमा प्रदूषित पानी मिसिनु हो। उनले भने, “हाल हैजाका बिरामीहरूको लागि पर्याप्त बेड छैन। उपचारमा समस्या भइरहेको छ र स्थानीय सरकार व्यवस्थापनमा चुकेको देखिन्छ।” पछिल्ला केही महिनादेखि जिल्लामा खानेपानीको अभाव देखिँदै आएको थियो। यो समस्यालाई समाधान गर्न सरकारले नयाँ खानेपानी पाइप जडान गरेको थियो। तर, सो पाइपको उचित व्यवस्थापन नभएकाले लिकेज भएको वा त्यहाँ हैजाको किटाणु मिसिएको आशंका गरिएको छ। स्वास्थ्यकर्मीहरूले स्वच्छ खानेपानी मात्र सेवन गर्न, उमालेर मात्र खानेपानी प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसबीच स्थानीयवासीहरूले भने खानेपानी व्यवस्थापनमा गम्भीर त्रुटि गरेको भन्दै सरकारलाई चाँडै सुधारात्मक कदम चाल्न माग गरेका छन्।

    Read more

    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    Spread the love

    Spread the loveजितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो…

    Read more

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या

    बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
    वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग

    विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग