बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
बिरगंज, पर्सा — ओमप्रदेश यादवनारायणी अस्पतालमा हैजा संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिएको छ। डाक्टर उदयनारायण सिंहका अनुसार हैजाको बिरामी बढ्नुको मुख्य कारण नेपाल सरकारको खानेपानी पाइपमा प्रदूषित पानी मिसिनु हो। उनले भने, “हाल हैजाका बिरामीहरूको लागि पर्याप्त बेड छैन। उपचारमा समस्या भइरहेको छ र स्थानीय सरकार व्यवस्थापनमा चुकेको देखिन्छ।” पछिल्ला केही महिनादेखि जिल्लामा खानेपानीको अभाव देखिँदै आएको थियो। यो समस्यालाई समाधान गर्न सरकारले नयाँ खानेपानी पाइप जडान गरेको थियो। तर, सो पाइपको उचित व्यवस्थापन नभएकाले लिकेज भएको वा त्यहाँ हैजाको किटाणु मिसिएको आशंका गरिएको छ। स्वास्थ्यकर्मीहरूले स्वच्छ खानेपानी मात्र सेवन गर्न, उमालेर मात्र खानेपानी प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसबीच स्थानीयवासीहरूले भने खानेपानी व्यवस्थापनमा गम्भीर त्रुटि गरेको भन्दै सरकारलाई चाँडै सुधारात्मक कदम चाल्न माग गरेका छन्।
Read moreवडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ
जितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो कुरा बसिन्दाले…
Read moreजुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
सिमरा, बारा | २०८२ साउन ३जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २, जानकी टोलस्थित एक घरमा जुवा (तास) खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा मिति २०८२ साल साउन ३ गते दिउँसो अन्दाजी ३:०० बजे इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक शुभास साहको कमाण्डमा खटिएको टोलीले केशव सुनुवारको घरमा छापा मारेको थियो। छापाका क्रममा उक्त घरको तेस्रो तल्लाको कोठामा ९ जना व्यक्ति जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट प्रहरीले तासका पत्तासहित रु. १,५४,६८० (एक लाख चौवन्न हजार छ सय अस्सी रुपैयाँ) नगद बरामद गरेको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ। पक्राउ परेकाहरूको विवरण: १. सुसन खाती सुनार (उमेर ३०), वडा नं १२. बलराम बिश्वकर्मा (उमेर ४०), वडा नं २३. सुमन कुमार भट्टराई (उमेर ५६)४. अभय कुमार श्रीवास्तव (उमेर ४१)५. केशव सुनुवार (उमेर ४१)६. थहल बहादुर बिश्वकर्मा (उमेर ५२), वडा नं २७. शिवजी प्रसाद साह (उमेर ५४)८. राज कुमार भट्टराई (उमेर ५१), वडा नं १९. बलराम कुमार क्षेत्री (उमेर ५९), वडा नं २ प्रहरीले पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ।
Read moreजितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?
सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १२ औं नगरसभा मंगलवार सिमरा स्थित होटल क्लासिकमा सम्पन्न भएको हो । नगरसभाले उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका थिए । बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सूचना प्रविधि र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा प्राथमिकता दिइएको उल्लेख गरिएको छ । १२ औं नगरसभामा नगरप्रमुख राजन पौडेलद्वारा प्रस्तुत गरिएको निति तथा कार्यक्रमको पुर्णपाठ यस्तो छ:-
Read more‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला
सिमराः बारा जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ भएको जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा बारा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले स्थानीय सरकारले समेत खोपका लागि बजेट र कार्यक्रम छुट्याउन सक्ने बताएका छन् । खोपको उपलब्धता, गुणस्तर र दिगोपनाका लागि स्वास्थ्यकर्मीहरू निरन्तर जिम्मेवारीका साथ लाग्नुपर्ने उनले बताए । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवले सबै उमेर समूहका लागि आवश्यक नियमित खोप सुनिश्चित गर्नुका साथै पूर्वाधार, जनशक्ति र व्यवस्थापन प्रणाली तयार पारिएको जानकारी दिए । स्वास्थ्य सेवा विस्तारमा योगदान गर्ने स्वास्थ्य संस्थाहरू, कर्मचारी तथा स्वयंसेवकहरूको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको थियो । जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख सरोज निरौला, जिल्ला स्थित सम्पुर्ण पालिकाका स्वास्थ शाखा प्रमुख, स्वास्थ्यकर्मीलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
Read moreविद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् । भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए । भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् । त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७…
Read moreजगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले दिए प्रेस विज्ञप्ति
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच दलले जगदम्बा स्टील्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म संचालन नगर्न माग गरेका छन् । उद्योगमा बुधवार राति भएको विष्फोटको घटनापछि विभिन्न पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने भट्टी स्थानान्तरण नभएसम्म संचालनमा रोक लगाउन माग गरेका हुन् । उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । एमाले अध्यक्ष त्रिलोक बिक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलले उद्योगको सिसिएम प्लान्टमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विष्फोटका घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ । ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भईरहेको थियो । तरपनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिदैन । यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नुपरेको छ । विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिकरुपमा असर पुर्याईरहेको वर्तमान अवस्थाप्रति हामी गम्भीर छौं’ विज्ञप्तिमा उल्लेख छ । बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना…
Read moreजीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ
जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ । उपमहानगरपालिका क्षेत्र भित्र रहेका नन्दन घि एण्ड आयल ईन्डष्ट्रिज प्रा.लि.बजनी ,शिवशक्ति घि एण्ड आयल ईन्डष्ट्रिज जीतपुर ,गणपत्ती बनस्पती प्रा.लि .बजनी ,कोहिनुर टेक्सटाईल ईन्डष्ट्रिज प्रा.लि.,नेपाल सेरामिक ईण्डष्ट्रिज प्रा.लि. ,नेपाल स्टोनेक्स कम्पणी प्रा.लि. ,जगदम्बा स्टिल्स प्रा.लि.सिमरा ,हुलास स्टिल ईन्डष्ट्रिज सिमरा,नारायण लदर्स ईन्डष्ट्रिज प्रा.लि. र असोक स्टिल ईन्डष्ट्रिज बजनीलाई कुनै पनि प्रशासनिक स्वीकृति विना नै फोहर पदार्थ तथा फोहर पानी सिधै नजिकैको खोलामा मिसाएको पाइएकाले पत्र लेखेर यस्तो निर्देशन दिएको हो । नगर प्रमुख राजन पौडेलले उद्योगको यस्तो गतिविधिले वातावरणीय सन्तुलन बिग्रन सक्ने भएकाले तुरुन्तै सुधारका उपायहरू अपनाउन निर्देशन दिइएका छन् । उनले उद्योगलाई फोहर पानी प्रशोधन गरेर मात्र बाहिर निकाल्न, आवश्यक उपकरण तथा शुद्धीकरण प्रणाली जडान गर्न र वातावरणीय मापदण्ड पालना गर्न आग्रह गरे ।नियमको पालना नगर्ने जोसुकैलाई कार्बाही हुने उनले जानकारी गराए । यदि उद्योगले तोकिएको मापदण्ड पालना नगरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ को दफा १५ अनुसार कडा कारबाही हुने चेतावनी दिइएको बाताबरण तथा बिपद् ब्यवस्थापन शाखा प्रमुख ई. पुष्पा सिँहले उद्योगहरुलाई लेखिएको पत्रमा भनिएको छ । नियम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा ४५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।उपमहानगरपालिकाले उद्योगलाई समयमै आवश्यक सुधार गर्न आग्रह गर्दै नियम…
Read moreकाठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते
काठमाडौँको शंखरापुर नगरपालिका-५ स्थित साँखु-नगरकोट सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । बुधवार अपराह्न ५ बजेको करिबमा चाबहिल, मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थीहरू पिकनिकबाट फर्कने क्रममा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने ३४ जना सामान्य घाइते भएका छन् । तकमध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल, र अर्का एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । विद्यार्थीहरू फिलिप लामा, प्रजोल थापा, भिम तामाङ, राम परियार, सुजन मगर, सिरिसा सुवेदी, प्रकाश बम, साधन विष्ट, आराध्या शाह, आशिस तामाङ, स्नेहा राई, गङ्गा ज्योति, रञ्जित थापा, सुहाना गुभाजु, श्रिसान्त पौडेल, कल्पना रेज्मी, विकल्प श्रेष्ठ, नाइस्का पाण्डे, सुविता तामाङ, निशान्त पौडेल, सौगात मगर, अबित खान, अंकित नेपाल, रिदम थापाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शंखरापुर अस्पतालमा आदित्य सुनार, धिरज साउद, र सन्देश गरीको उपचार चलिरहेको छ भने नेपाल मेडिकल कलेजमा सक्सेस खड्का, गोमा थापा,…
Read moreभ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी
वीरगञ्ज । भ्रष्टाचारको लागि बदनाम र भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परिसकेका उपसचिव राम विनय सिंहलाई पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । लामो समयदेखि विवादित बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा निलम्बन परिसकेका सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । पर्साको तत्कालीन मिर्जापुर गाउँ विकास समिति वडा नम्बर ६, बघमरीस्थित एक झोले विद्यालयलाई रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कामु जिल्ला शिक्षा अधिकृतका रूपमा कार्यरत सिंहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मिर्जापुरमा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलाई आर्थिक वर्ष ६४/६५ देखि ६९/७० रकम निकासा गरेको जनाउँदै अख्तियारले सिंहसहित तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झासहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको मुद्दाको आधारमा सिंह दुई वर्षका लागि निलम्बनमा समेत परेका थिए । यद्यपि भ्रष्टाचार मुद्दामा उनले सर्वोच्च अदालतबाट सफाई पाए । त्यसको केही समय पछि नै पुनः पर्साको जिल्ला शिक्षा अधिकारी बनेर आएका सिंह फेरी विवादमा तानिए । यस पटक उनमाथि विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्रावि, निमावि र माविमा राहत दरबन्दी सृजना गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लगाएको थियो । तत्कालीन शिक्षा…
Read more











