बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

बाराको प्रहरी प्रमुखको जिमेवारीमा आउनुभएको प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले जिल्लाको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय कलैयामा पत्रकारहरुसंगको भेटमा उहाँले सुरक्षा ब्यवस्थालाई राम्रो बनाउन सुन्य सहनशीलता अपनाउने बताउनुभएको हो । सुरक्षाको दृष्टिकोण बारा जिल्ला उच्च जोखिममा रहेको र पछिलो समय यस जिल्लामा अपराधका घटना बढदै गएको भन्ने संचारकर्मिहरुको प्रश्नमा उहाँले प्रहरीले देशका नागरिकलाई शान्ति सुरक्षा दिने आफ्नो जिमेवारीलाई आफु आएपछि पुर्ण रुपले पालना गर्ने बताउदै सबैको साझा बनेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले बोडरमा हुने अनैतिक आर्थिक लेनदेनका कुरालाई शुन्यमा ल्याउनुका साथै अधार र प्रमाणका साथ काम गर्न सबै मातहतका ईकाईहरुलाई निर्देशित गरेको जानकारी दिनुभयो । कार्यक्रममा बारा र पर्साका गरी करिब ५० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनमा बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबापनि उपस्थित रहनुभएको थियो ।

Read more

लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

बारा ओमप्रवेश यादव। आज मिति २०८१ /१० /१० को दिन बिहिबारको दिन जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ८ लोसनडामा राम जानकी मन्दिर स्थितको परिषदमा श्री दुर्गा माताको मन्दिर शिलान्यास भएको छ यस मन्दिरको शिलान्यास गर्दै राम जानकी मन्दिरका अध्यक्ष लक्ष्मी चौधरी ले यस मन्दिरको निर्माण राम जानकीको आयस्रोत र स्थानीय जनताको चन्दा सङ्कलन गरी पूर्ण रुपमा यो मन्दिर निर्माण गर्ने कुरा जानकारी दिनुभएको छ। लोसाण्डाको समाजसेवी तथा युवा नेता श्याम पासवानको अनुसार यस राम जानकी मन्दिरलाई विनाश गर्ने केही तत्वहरुलाई मुखमा ठूलो झट्का दिने यहाँको सामाजिक जन आवाजको रुपमा यो दुर्गा मन्दिर निर्माण हुन लागेको हो

Read more

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती 

फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती  मनाेज शाह जितपुर बारा माघ ८ गते:  श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक  विद्यालयको भवन निर्माण र ढिलासुस्ती भएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेकेदारले आनाकानी गर्दैछ। जितपुरसिमरा नगरभरिका पुरानो विद्यालयको रूपमा ख्याति प्राप्त विद्यालय हो। अहिले विद्यालय भवन अभाव भएकोले सो भवन निर्माणको ठेक्का नगरले गराएको थियो। निर्माण ठेक्का एनके कन्ट्रक्सन वीरगञ्ज प्रालीले ठेक्का  सकार गरेको थियोे  । अहिले ठेक्का सकार गरेको ठेकेदारले अरुलाई ठेक्का दिएकोले भवन निर्माणमा ढिलासुस्ती भएको विद्यालयका प्रधानाध्यापक राजु सिंहले बताए । भवन  अभावका कारण जितपुरका बालबालिका पढाउन छिटोभन्दा छिटो बनाउने भवन माग गरिरहेका वडाध्यक्ष ७ का   सुनिल गुप्ताले बताए । 

Read more

अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले जानकारी दिए 

Read more

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न 

१९ असोज।सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले  गर्नुभएको थियो । https://www.facebook.com/share/v/nvZF1AoCz9SAtRVD/ प्रमुख अतिथी समेत रहनु भएका मन्त्री क्षेत्रीले सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने बताउनु भयो । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएकोमा हातेमालो सहकारी संस्थाको जति प्रशन्सा गरेपनी कम हुने बताए ।मधेश प्रदेश सरकारले लामो समयदेखी सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने कार्यको चाडै सुरुवात गर्ने मन्त्री क्षेत्रीले बताए ।मधेश प्रदेशमा रहेका सहकारी संचालकलाई बोलाएर अन्तरक्रिया गरेर सरकार प्रदेश सहकारीको हकहितमा काम गर्न त्यार रहेको समेत मन्त्री क्षेत्रीले बताए । संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र ६ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख  स्व:कृष्ण पौडेलको श्रीमतिलाई सम्मान गरिएको छ ।उक्त साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ,संस्थाका कोषाध्यक्ष बरुण गौतम लगाएत संस्थाका कर्मचारी ,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी,…

Read more

८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ

मकवानपुर ।१९ असोज ।मकवानपुरको हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीयलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । सुन तस्करीको विशेष सूचना पाएपछि एसपी खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।

Read more

मलाई फेरि प्रधानमन्त्री हुनु थिएन, : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो ।यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो । “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनाँै । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको…

Read more

अध्यक्ष गुप्ता सहित ६ जनालाई कैदको फैसला, जिल्लाको फैसलाविरुद्ध उच्च जाने तयारीमा वडा अध्यक्षबारा, असार २८ गते ।

जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहित ६ जनालाई कैद फैसला सुनाएको छ । अदालतले अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला सुनाएको हो । वडा अध्यक्ष गुप्ताले डोजर लगाई स्थानीय तहको निर्वाचनमा आफना प्रमुख प्रतिद्धन्दी रहेका राजुराज गिरीको घर अगाडिको सार्बजनिक बाटोमा डोजर ल्याई खनी क्षती पुरयाएका थिए अध्यक्षले गिरिको गाईगोठमा समेत डोजर लगाएका थिए । राजुराज गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्धामा वडा अध्यक्ष गुप्ता , नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता , सुनिल साह कानु , वडा अध्यक्षका दाई अनिल गुप्ता , वडा अध्यक्षसँग रहने सुरेश राउत अहिर भनिने सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् । मुलुकि अपराध संहिता ,२०७४ को दफा २८५(१) र २(ख)बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतका न्यायधीश तारादेबी महर्जनले असार १९ गते गर्नुभएको थियो । असार २८ गते शुक्रबारको फैसलाले वडा अध्यक्ष गुप्ता सहित छ जनालाई जनही एक महिना कैद र रु एक हजार जरिवाना गरेको हो । यता मुदामा कसुर ठहर भएका वडा अध्यक्ष गुप्ताले अदालतको फैसला विरूद उच्च अदालत जाने तयारीमा रहेका छन् । स्कुलको जग्गालाई संरक्षण गर्दा आफुहरूमाथी मुदा लगाइएको…

Read more

स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको प्रथम पुरस्कार नगद रू११,०००युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुर

ओमप्रवेश यादव( बारा ) आज सञ्चालन भएको स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको मुख्य सञ्चालक एवं कार्यक्रम संयोजक सन्दिप शाह ज्यूको अध्यक्षतामा यस कार्यक्रमलाई सम्पन्न गरी प्रथम प्रथम पुरस्कार नगद रु. १००० दोस्रो पुरस्कार नगद रु ७ हजार तेस्रो पुरस्कार नगद रु ५००० सन्ताउन्न पुरस्कार नगद रु ५०० ११ जनालाई रसिल मेडल र प्रमाणपत्र दिई आजको कार्यक्रम सम्पन्न भएको छl यस कार्यक्रमको मुख्य प्रमुख अतिथि डाक्टर रविन्द्र सिंह हुनुहुन्थ्यो भने विशिष्ट अतिथि फुर्तिलाल प्रसाद कलवार र प्रमुख वक्ता मुनिलाल कर्णजी हुनुहुन्छ र सहभागी विद सहभागी विद्यालयहरू जितपुर पब्लिक स्कुल जितपुर होलीराज स्कुल जितपुर केयरभिजन स्कुल जितपुर एजुकेसन गार्डन बारा स्कुल एकाडेमी जितपुर एवरग्रीन स्कुल पर्सा ३२ ब्राइटर एकाडेमी सिमरा सिम्रा पब्लिक स्कुल सिम्रा new एकता सिम्रा आदि स्कुलले यसमा सहभागी लिएका थिए।पहिलाे पुरस्कार विजेता- युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुरदाेस्राे पुरस्कार विजेता- दिपांशु तिवारी, जितपुर पब्लिक एकाडेमी जितपुर,तेस्राे पुरस्कार विजेता- अलिसा चाैधरी, एमरल्ड एकाडेमी जितपुरसन्तावना परस्कार विजेताहरू -सन्देश श्रीवास्तव र ईशान्त रेग्मि , ब्राईटर एकाडेमी सिमरासिद्धार्थ बानियाँ र आयुस सिंह, केयर भिजन एकाडेमी जितपुरप्रिया झा, सिमरा पब्लिक सिमराप्रियांसी कुमारी गुप्ता, एभर ग्रिन एकाडेमी जितपुर आदीप्रथम पुरस्कार नगद रू११,०००/दाेस्राे पुरस्कार नगद रू ७,०००/तेस्राे पुरस्कार नगद रू ५,०००/सन्तावना पुरस्कार नगद रू ५००/ ११ जना लाई र शिल,मेडल र…

Read more

You Missed

बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ
जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला
विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग