बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग
बाराको प्रहरी प्रमुखको जिमेवारीमा आउनुभएको प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले जिल्लाको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय कलैयामा पत्रकारहरुसंगको भेटमा उहाँले सुरक्षा ब्यवस्थालाई राम्रो बनाउन सुन्य सहनशीलता अपनाउने बताउनुभएको हो । सुरक्षाको दृष्टिकोण बारा जिल्ला उच्च जोखिममा रहेको र पछिलो समय यस जिल्लामा अपराधका घटना बढदै गएको भन्ने संचारकर्मिहरुको प्रश्नमा उहाँले प्रहरीले देशका नागरिकलाई शान्ति सुरक्षा दिने आफ्नो जिमेवारीलाई आफु आएपछि पुर्ण रुपले पालना गर्ने बताउदै सबैको साझा बनेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले बोडरमा हुने अनैतिक आर्थिक लेनदेनका कुरालाई शुन्यमा ल्याउनुका साथै अधार र प्रमाणका साथ काम गर्न सबै मातहतका ईकाईहरुलाई निर्देशित गरेको जानकारी दिनुभयो । कार्यक्रममा बारा र पर्साका गरी करिब ५० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनमा बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबापनि उपस्थित रहनुभएको थियो ।
Read moreअस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले जानकारी दिए
Read moreअध्यक्ष गुप्ता सहित ६ जनालाई कैदको फैसला, जिल्लाको फैसलाविरुद्ध उच्च जाने तयारीमा वडा अध्यक्षबारा, असार २८ गते ।
जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहित ६ जनालाई कैद फैसला सुनाएको छ । अदालतले अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला सुनाएको हो । वडा अध्यक्ष गुप्ताले डोजर लगाई स्थानीय तहको निर्वाचनमा आफना प्रमुख प्रतिद्धन्दी रहेका राजुराज गिरीको घर अगाडिको सार्बजनिक बाटोमा डोजर ल्याई खनी क्षती पुरयाएका थिए अध्यक्षले गिरिको गाईगोठमा समेत डोजर लगाएका थिए । राजुराज गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्धामा वडा अध्यक्ष गुप्ता , नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता , सुनिल साह कानु , वडा अध्यक्षका दाई अनिल गुप्ता , वडा अध्यक्षसँग रहने सुरेश राउत अहिर भनिने सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् । मुलुकि अपराध संहिता ,२०७४ को दफा २८५(१) र २(ख)बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतका न्यायधीश तारादेबी महर्जनले असार १९ गते गर्नुभएको थियो । असार २८ गते शुक्रबारको फैसलाले वडा अध्यक्ष गुप्ता सहित छ जनालाई जनही एक महिना कैद र रु एक हजार जरिवाना गरेको हो । यता मुदामा कसुर ठहर भएका वडा अध्यक्ष गुप्ताले अदालतको फैसला विरूद उच्च अदालत जाने तयारीमा रहेका छन् । स्कुलको जग्गालाई संरक्षण गर्दा आफुहरूमाथी मुदा लगाइएको…
Read moreहङकङमाथि नेपालको एकपक्षीय जित
काठमाडौँ — बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्यो । र्षाका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा १ सय १४ रनमै अलआउट भयो । नेपालले १२.२ ओभरमै लक्ष्य पुरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा ३ चौका प्रहार गरी २५ र सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का प्रहार गरी १९ रन बनाई अविजित रहे । कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल १९ बलमा ३२ रन बनाई छैटौं ओभरमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । आसिफले १८ बलमा समान ३ चौका र छक्का प्रहार गरी ४० रन बनाए । मस्कटस्थित अल अमेरातमा अविनाश बोहरा र ललित राजवंशीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनीहरुले विकेट लिनुका साथै कसिलो बलिङ गरेका थिए । अघिल्लो खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका दीपेन्द्रले पछिल्लो दुई विकेट लगातार बलमा लिएपछि हङकङ पुरा १८ ओभर पनि खेल्न नसकी अलआउट भयो । हङकङ इनिङ्सको अन्तिम ओभर दीपेन्द्रको हकमा बलिङमा पहिलो ओभर थियो । अविनाशले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललितले ४ ओभरमा १…
Read moreदीपेन्द्रको नयाँ वर्ष उपहार : एकै ओभरमा ६ छक्का
काठमाडौँ — एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्नु चानचुने कुरा हैन । त्यसैले पनि यो उपलब्धि विश्व क्रिकेटमै दुर्लभ मानिन्छ । जस्तोसुकै उम्दा ब्याटरका लागि पनि एकै ओभरका छ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो उपलब्धि हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि ब्याटरले देखाएको प्रदर्शनले भन्छ, यो सजिलै बन्ने कीर्तिमान होइन । नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ छक्का प्रहारको कीतिमान बनाएका छन् । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा दीपेन्द्रले उक्त कीर्तिमान बनाएका हुन् । उनले मस्कटस्थित अल अमेरातमा कतारका बलर कामरान खानले अन्तिम ओभरमा फालेको सबै बलमा छक्का प्रहार गरेका हुन् । ‘लगातार चौथो छक्का गएपछि भने पूरा ओभर नै छक्का हान्छु भन्ने मनसाय बनाएको थिएँ, सफल पनि भएँ,’ दीपेन्द्रले आफ्नो पछिल्लो उपलब्धिबारे खुसी व्यक्त गर्दै भने । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तेस्रो खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका हर्षल गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुङ्गेलाई वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ कै ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडलाई दक्षिण अफ्रिकाको डर्बनमा एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । त्यसैगरी वेस्ट इन्डिजका किइरन पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनन्जयको ओभरमा र अमेरिकाका जसकरण मलहोत्राले २०२१ मै पपुवा न्युगिनीका गौडी टोकाको…
Read moreहजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ?
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।” कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ । अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ । “पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही…
Read more