जगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले दिए प्रेस विज्ञप्ति

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच दलले जगदम्बा स्टील्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म संचालन नगर्न माग गरेका छन् । उद्योगमा बुधवार राति भएको विष्फोटको घटनापछि विभिन्न पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने भट्टी स्थानान्तरण नभएसम्म संचालनमा रोक लगाउन माग गरेका हुन् । उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । एमाले अध्यक्ष त्रिलोक बिक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलले उद्योगको सिसिएम प्लान्टमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विष्फोटका घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ । ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भईरहेको थियो । तरपनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिदैन । यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नुपरेको छ । विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिकरुपमा असर पुर्याईरहेको वर्तमान अवस्थाप्रति हामी गम्भीर छौं’ विज्ञप्तिमा उल्लेख छ । बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना…

Read more

काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते

काठमाडौँको शंखरापुर नगरपालिका-५ स्थित साँखु-नगरकोट सडक खण्डमा विद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । बुधवार अपराह्न ५ बजेको करिबमा चाबहिल, मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थीहरू पिकनिकबाट फर्कने क्रममा बा २ ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरेका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने ३४ जना सामान्य घाइते भएका छन् । तकमध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल, र अर्का एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । विद्यार्थीहरू फिलिप लामा, प्रजोल थापा, भिम तामाङ, राम परियार, सुजन मगर, सिरिसा सुवेदी, प्रकाश बम, साधन विष्ट, आराध्या शाह, आशिस तामाङ, स्नेहा राई, गङ्गा ज्योति, रञ्जित थापा, सुहाना गुभाजु, श्रिसान्त पौडेल, कल्पना रेज्मी, विकल्प श्रेष्ठ, नाइस्का पाण्डे, सुविता तामाङ, निशान्त पौडेल, सौगात मगर, अबित खान, अंकित नेपाल, रिदम थापाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै शंखरापुर अस्पतालमा आदित्य सुनार, धिरज साउद, र सन्देश गरीको उपचार चलिरहेको छ भने नेपाल मेडिकल कलेजमा सक्सेस खड्का, गोमा थापा,…

Read more

भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी

वीरगञ्ज । भ्रष्टाचारको लागि बदनाम र भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परिसकेका उपसचिव राम विनय सिंहलाई पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । लामो समयदेखि विवादित बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा निलम्बन परिसकेका सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । पर्साको तत्कालीन मिर्जापुर गाउँ विकास समिति वडा नम्बर ६, बघमरीस्थित एक झोले विद्यालयलाई रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कामु जिल्ला शिक्षा अधिकृतका रूपमा कार्यरत सिंहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  मिर्जापुरमा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलाई आर्थिक वर्ष ६४/६५ देखि ६९/७० रकम निकासा गरेको जनाउँदै अख्तियारले सिंहसहित तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झासहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको मुद्दाको आधारमा सिंह दुई वर्षका लागि निलम्बनमा समेत परेका थिए । यद्यपि भ्रष्टाचार मुद्दामा उनले सर्वोच्च अदालतबाट सफाई पाए । त्यसको केही समय पछि नै पुनः पर्साको जिल्ला शिक्षा अधिकारी बनेर आएका सिंह फेरी विवादमा तानिए । यस पटक उनमाथि विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्रावि, निमावि र माविमा राहत दरबन्दी सृजना गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लगाएको थियो । तत्कालीन शिक्षा…

Read more

बाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग

बाराको प्रहरी प्रमुखको जिमेवारीमा आउनुभएको प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले जिल्लाको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय कलैयामा पत्रकारहरुसंगको भेटमा उहाँले सुरक्षा ब्यवस्थालाई राम्रो बनाउन सुन्य सहनशीलता अपनाउने बताउनुभएको हो । सुरक्षाको दृष्टिकोण बारा जिल्ला उच्च जोखिममा रहेको र पछिलो समय यस जिल्लामा अपराधका घटना बढदै गएको भन्ने संचारकर्मिहरुको प्रश्नमा उहाँले प्रहरीले देशका नागरिकलाई शान्ति सुरक्षा दिने आफ्नो जिमेवारीलाई आफु आएपछि पुर्ण रुपले पालना गर्ने बताउदै सबैको साझा बनेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले बोडरमा हुने अनैतिक आर्थिक लेनदेनका कुरालाई शुन्यमा ल्याउनुका साथै अधार र प्रमाणका साथ काम गर्न सबै मातहतका ईकाईहरुलाई निर्देशित गरेको जानकारी दिनुभयो । कार्यक्रममा बारा र पर्साका गरी करिब ५० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनमा बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबापनि उपस्थित रहनुभएको थियो ।

Read more

लोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास

बारा ओमप्रवेश यादव। आज मिति २०८१ /१० /१० को दिन बिहिबारको दिन जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ८ लोसनडामा राम जानकी मन्दिर स्थितको परिषदमा श्री दुर्गा माताको मन्दिर शिलान्यास भएको छ यस मन्दिरको शिलान्यास गर्दै राम जानकी मन्दिरका अध्यक्ष लक्ष्मी चौधरी ले यस मन्दिरको निर्माण राम जानकीको आयस्रोत र स्थानीय जनताको चन्दा सङ्कलन गरी पूर्ण रुपमा यो मन्दिर निर्माण गर्ने कुरा जानकारी दिनुभएको छ। लोसाण्डाको समाजसेवी तथा युवा नेता श्याम पासवानको अनुसार यस राम जानकी मन्दिरलाई विनाश गर्ने केही तत्वहरुलाई मुखमा ठूलो झट्का दिने यहाँको सामाजिक जन आवाजको रुपमा यो दुर्गा मन्दिर निर्माण हुन लागेको हो

Read more

अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले जानकारी दिए 

Read more

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न 

१९ असोज।सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले  गर्नुभएको थियो । https://www.facebook.com/share/v/nvZF1AoCz9SAtRVD/ प्रमुख अतिथी समेत रहनु भएका मन्त्री क्षेत्रीले सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने बताउनु भयो । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएकोमा हातेमालो सहकारी संस्थाको जति प्रशन्सा गरेपनी कम हुने बताए ।मधेश प्रदेश सरकारले लामो समयदेखी सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने कार्यको चाडै सुरुवात गर्ने मन्त्री क्षेत्रीले बताए ।मधेश प्रदेशमा रहेका सहकारी संचालकलाई बोलाएर अन्तरक्रिया गरेर सरकार प्रदेश सहकारीको हकहितमा काम गर्न त्यार रहेको समेत मन्त्री क्षेत्रीले बताए । संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र ६ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख  स्व:कृष्ण पौडेलको श्रीमतिलाई सम्मान गरिएको छ ।उक्त साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ,संस्थाका कोषाध्यक्ष बरुण गौतम लगाएत संस्थाका कर्मचारी ,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी,…

Read more

अध्यक्ष गुप्ता सहित ६ जनालाई कैदको फैसला, जिल्लाको फैसलाविरुद्ध उच्च जाने तयारीमा वडा अध्यक्षबारा, असार २८ गते ।

जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सहित ६ जनालाई कैद फैसला सुनाएको छ । अदालतले अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला सुनाएको हो । वडा अध्यक्ष गुप्ताले डोजर लगाई स्थानीय तहको निर्वाचनमा आफना प्रमुख प्रतिद्धन्दी रहेका राजुराज गिरीको घर अगाडिको सार्बजनिक बाटोमा डोजर ल्याई खनी क्षती पुरयाएका थिए अध्यक्षले गिरिको गाईगोठमा समेत डोजर लगाएका थिए । राजुराज गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्धामा वडा अध्यक्ष गुप्ता , नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज गुप्ता , सुनिल साह कानु , वडा अध्यक्षका दाई अनिल गुप्ता , वडा अध्यक्षसँग रहने सुरेश राउत अहिर भनिने सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् । मुलुकि अपराध संहिता ,२०७४ को दफा २८५(१) र २(ख)बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतका न्यायधीश तारादेबी महर्जनले असार १९ गते गर्नुभएको थियो । असार २८ गते शुक्रबारको फैसलाले वडा अध्यक्ष गुप्ता सहित छ जनालाई जनही एक महिना कैद र रु एक हजार जरिवाना गरेको हो । यता मुदामा कसुर ठहर भएका वडा अध्यक्ष गुप्ताले अदालतको फैसला विरूद उच्च अदालत जाने तयारीमा रहेका छन् । स्कुलको जग्गालाई संरक्षण गर्दा आफुहरूमाथी मुदा लगाइएको…

Read more

स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको प्रथम पुरस्कार नगद रू११,०००युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुर

ओमप्रवेश यादव( बारा ) आज सञ्चालन भएको स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको मुख्य सञ्चालक एवं कार्यक्रम संयोजक सन्दिप शाह ज्यूको अध्यक्षतामा यस कार्यक्रमलाई सम्पन्न गरी प्रथम प्रथम पुरस्कार नगद रु. १००० दोस्रो पुरस्कार नगद रु ७ हजार तेस्रो पुरस्कार नगद रु ५००० सन्ताउन्न पुरस्कार नगद रु ५०० ११ जनालाई रसिल मेडल र प्रमाणपत्र दिई आजको कार्यक्रम सम्पन्न भएको छl यस कार्यक्रमको मुख्य प्रमुख अतिथि डाक्टर रविन्द्र सिंह हुनुहुन्थ्यो भने विशिष्ट अतिथि फुर्तिलाल प्रसाद कलवार र प्रमुख वक्ता मुनिलाल कर्णजी हुनुहुन्छ र सहभागी विद सहभागी विद्यालयहरू जितपुर पब्लिक स्कुल जितपुर होलीराज स्कुल जितपुर केयरभिजन स्कुल जितपुर एजुकेसन गार्डन बारा स्कुल एकाडेमी जितपुर एवरग्रीन स्कुल पर्सा ३२ ब्राइटर एकाडेमी सिमरा सिम्रा पब्लिक स्कुल सिम्रा new एकता सिम्रा आदि स्कुलले यसमा सहभागी लिएका थिए।पहिलाे पुरस्कार विजेता- युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुरदाेस्राे पुरस्कार विजेता- दिपांशु तिवारी, जितपुर पब्लिक एकाडेमी जितपुर,तेस्राे पुरस्कार विजेता- अलिसा चाैधरी, एमरल्ड एकाडेमी जितपुरसन्तावना परस्कार विजेताहरू -सन्देश श्रीवास्तव र ईशान्त रेग्मि , ब्राईटर एकाडेमी सिमरासिद्धार्थ बानियाँ र आयुस सिंह, केयर भिजन एकाडेमी जितपुरप्रिया झा, सिमरा पब्लिक सिमराप्रियांसी कुमारी गुप्ता, एभर ग्रिन एकाडेमी जितपुर आदीप्रथम पुरस्कार नगद रू११,०००/दाेस्राे पुरस्कार नगद रू ७,०००/तेस्राे पुरस्कार नगद रू ५,०००/सन्तावना पुरस्कार नगद रू ५००/ ११ जना लाई र शिल,मेडल र…

Read more

You Missed

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला
विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग
जगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले  दिए प्रेस विज्ञप्ति
जीतपुरसिमरा उपमहानगरपालिकाले ११ वटा उद्योगहरुलाई प्रदूषण नियन्त्रणसम्बन्धी कडा चेतावनी दिएको छ
काठमाडौँमा विद्यार्थी बोकेको बस दुर्घटना, तीनको मृत्यु, ४० घाइते
भ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी