स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको प्रथम पुरस्कार नगद रू११,०००युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुर

ओमप्रवेश यादव( बारा ) आज सञ्चालन भएको स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको मुख्य सञ्चालक एवं कार्यक्रम संयोजक सन्दिप शाह ज्यूको अध्यक्षतामा यस कार्यक्रमलाई सम्पन्न गरी प्रथम प्रथम पुरस्कार नगद रु. १००० दोस्रो पुरस्कार नगद रु ७ हजार तेस्रो पुरस्कार नगद रु ५००० सन्ताउन्न पुरस्कार नगद रु ५०० ११ जनालाई रसिल मेडल र प्रमाणपत्र दिई आजको कार्यक्रम सम्पन्न भएको छl यस कार्यक्रमको मुख्य प्रमुख अतिथि डाक्टर रविन्द्र सिंह हुनुहुन्थ्यो भने विशिष्ट अतिथि फुर्तिलाल प्रसाद कलवार र प्रमुख वक्ता मुनिलाल कर्णजी हुनुहुन्छ र सहभागी विद सहभागी विद्यालयहरू जितपुर पब्लिक स्कुल जितपुर होलीराज स्कुल जितपुर केयरभिजन स्कुल जितपुर एजुकेसन गार्डन बारा स्कुल एकाडेमी जितपुर एवरग्रीन स्कुल पर्सा ३२ ब्राइटर एकाडेमी सिमरा सिम्रा पब्लिक स्कुल सिम्रा new एकता सिम्रा आदि स्कुलले यसमा सहभागी लिएका थिए।पहिलाे पुरस्कार विजेता- युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुरदाेस्राे पुरस्कार विजेता- दिपांशु तिवारी, जितपुर पब्लिक एकाडेमी जितपुर,तेस्राे पुरस्कार विजेता- अलिसा चाैधरी, एमरल्ड एकाडेमी जितपुरसन्तावना परस्कार विजेताहरू -सन्देश श्रीवास्तव र ईशान्त रेग्मि , ब्राईटर एकाडेमी सिमरासिद्धार्थ बानियाँ र आयुस सिंह, केयर भिजन एकाडेमी जितपुरप्रिया झा, सिमरा पब्लिक सिमराप्रियांसी कुमारी गुप्ता, एभर ग्रिन एकाडेमी जितपुर आदीप्रथम पुरस्कार नगद रू११,०००/दाेस्राे पुरस्कार नगद रू ७,०००/तेस्राे पुरस्कार नगद रू ५,०००/सन्तावना पुरस्कार नगद रू ५००/ ११ जना लाई र शिल,मेडल र…

Read more

गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ । पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताउनुभयो । तीन…

Read more

हङकङमाथि नेपालको एकपक्षीय जित

काठमाडौँ — बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्‍यो । र्षाका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा १ सय १४ रनमै अलआउट भयो । नेपालले १२.२ ओभरमै लक्ष्य पुरा गर्‍यो । कप्तान रोहित पौडेल २० बलमा ३ चौका प्रहार गरी २५ र सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का प्रहार गरी १९ रन बनाई अविजित रहे । कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल १९ बलमा ३२ रन बनाई छैटौं ओभरमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । आसिफले १८ बलमा समान ३ चौका र छक्का प्रहार गरी ४० रन बनाए । मस्कटस्थित अल अमेरातमा अविनाश बोहरा र ललित राजवंशीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनीहरुले विकेट लिनुका साथै कसिलो बलिङ गरेका थिए । अघिल्लो खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका दीपेन्द्रले पछिल्लो दुई विकेट लगातार बलमा लिएपछि हङकङ पुरा १८ ओभर पनि खेल्न नसकी अलआउट भयो । हङकङ इनिङ्सको अन्तिम ओभर दीपेन्द्रको हकमा बलिङमा पहिलो ओभर थियो । अविनाशले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललितले ४ ओभरमा १…

Read more

दीपेन्द्रको नयाँ वर्ष उपहार : एकै ओभरमा ६ छक्का

काठमाडौँ — एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्नु चानचुने कुरा हैन । त्यसैले पनि यो उपलब्धि विश्व क्रिकेटमै दुर्लभ मानिन्छ । जस्तोसुकै उम्दा ब्याटरका लागि पनि एकै ओभरका छ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो उपलब्धि हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि ब्याटरले देखाएको प्रदर्शनले भन्छ, यो सजिलै बन्ने कीर्तिमान होइन । नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ छक्का प्रहारको कीतिमान बनाएका छन् । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा दीपेन्द्रले उक्त कीर्तिमान बनाएका हुन् । उनले मस्कटस्थित अल अमेरातमा कतारका बलर कामरान खानले अन्तिम ओभरमा फालेको सबै बलमा छक्का प्रहार गरेका हुन् । ‘लगातार चौथो छक्का गएपछि भने पूरा ओभर नै छक्का हान्छु भन्ने मनसाय बनाएको थिएँ, सफल पनि भएँ,’ दीपेन्द्रले आफ्नो पछिल्लो उपलब्धिबारे खुसी व्यक्त गर्दै भने । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तेस्रो खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका हर्षल गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुङ्गेलाई वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ कै ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडलाई दक्षिण अफ्रिकाको डर्बनमा एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । त्यसैगरी वेस्ट इन्डिजका किइरन पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनन्जयको ओभरमा र अमेरिकाका जसकरण मलहोत्राले २०२१ मै पपुवा न्युगिनीका गौडी टोकाको…

Read more

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजारमा कारोबार

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड राखेको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो । यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो भने सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

Read more

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप फाइनलमा प्रवेश को ?

बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो । खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।

Read more

वसडिलवाको सडक क्षेत्रमा परेको संरचना हटाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २९ बसडिलवामा निर्माणाधीन सडक क्षेत्रमा परेको घर टहरा हटाइएको छ । सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । वीरगञ्ज महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो । महानगरपालिकाको बगहिदेखि मुसैली बसडिलवा, बकनेर हुँदै पर्सागढी नगरपालिका – ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्की सडक बनिरहेको छ । नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांश क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिलवामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो । पटक–पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रमुख राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहितको टोली पठाएका थिए । महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो । २० करोड ५१ लाखको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरी सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ । सडकमा परेको संरचना हटाउन वडा नम्बर २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुसाल, स्थानीय राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

Read more

बारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।अधिवेशनमा

ओम प्रवेश यादव आज बारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला अधिवेशनमा बारा जिल्लाको सबभन्दा बढी जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।

Read more

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, चैत १८-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”

Read more

You Missed

बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ
जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला
विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग