बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
बिरगंज, पर्सा — ओमप्रदेश यादवनारायणी अस्पतालमा हैजा संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा बेडको अभाव देखिएको छ। डाक्टर उदयनारायण सिंहका अनुसार हैजाको बिरामी बढ्नुको मुख्य कारण नेपाल सरकारको खानेपानी पाइपमा प्रदूषित पानी मिसिनु हो। उनले भने, “हाल हैजाका बिरामीहरूको लागि पर्याप्त बेड छैन। उपचारमा समस्या भइरहेको छ र स्थानीय सरकार व्यवस्थापनमा चुकेको देखिन्छ।” पछिल्ला केही महिनादेखि जिल्लामा खानेपानीको अभाव देखिँदै आएको थियो। यो समस्यालाई समाधान गर्न सरकारले नयाँ खानेपानी पाइप जडान गरेको थियो। तर, सो पाइपको उचित व्यवस्थापन नभएकाले लिकेज भएको वा त्यहाँ हैजाको किटाणु मिसिएको आशंका गरिएको छ। स्वास्थ्यकर्मीहरूले स्वच्छ खानेपानी मात्र सेवन गर्न, उमालेर मात्र खानेपानी प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसबीच स्थानीयवासीहरूले भने खानेपानी व्यवस्थापनमा गम्भीर त्रुटि गरेको भन्दै सरकारलाई चाँडै सुधारात्मक कदम चाल्न माग गरेका छन्।
Read moreवडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ
जितपुर सिमरा उपमहानगरपालिका, वडा नं. २४ — यादव बस्तीमा विकासको क्रम अवरुद्ध भएको भन्दै स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष सुलतान अन्सारीको नेतृत्वमा रहेको वडा कार्यालय घेराउ गरेका छन्। स्थानीयको भनाइ अनुसार, विगत केही वर्षदेखि वडाको अन्य क्षेत्रहरूमा विकासका गतिविधि भए पनि यादव बस्ती भने पूर्ण रूपमा उपेक्षित रहँदै आएको छ। उनीहरूले आरोप लगाएका छन् कि २०८२/८३ को बजेटमा समेत उक्त बस्तीका लागि कुनै पनि किसिमको विकास योजना समावेश गरिएको छैन। “हामी वर्षौंदेखि सडक, नाला, जस्ता आधारभूत सुविधाबाट बञ्चित छौं। बालबालिकाहरूलाई पढ्न जाँदा धेरै अप्ठ्यारो हुने देखिएको छ। बजेट छुट्याउने बेलामा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वडा अध्यक्षले हाम्रो माग बेवास्ता गर्नुभएको छ,” एक स्थानीय बासिन्दा विमला यादवले बताइन्। वडा कार्यालयमा प्रदर्शन गर्न आएका स्थानीयको आरोप छ कि अध्यक्ष अन्सारीले बजेट बनाउने क्रममा आफूखुसी ढंगले योजनाहरू छनोट गरेका छन् र समुदायको समावेशी हितको ख्याल राखिएको छैन। वडामा विकासको समान पहुँच सुनिश्चित गर्न माग राख्दै, स्थानीयहरूले वडा कार्यालय समक्ष आगामी दिनमा थप संघर्षका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका छन्। यस विषयमा वडा अध्यक्ष सुलतान अन्सारीको प्रतिक्रिया लिन खोज्दा हेर्छौ पाँच लाखसम्मको बजेट त्यस बस्तीको लागि निकाल्ने कोसिस गर्छु। अन्सारीको अनुसार त्यस बस्तीमा बजेट हाल्दा प्रायगरी बजेट फ्रिज हुने हुँदा मैले बजेट हाल्न बन्द गरेको छु। तर यो कुरा बसिन्दाले…
Read moreजितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?
सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १२ औं नगरसभा मंगलवार सिमरा स्थित होटल क्लासिकमा सम्पन्न भएको हो । नगरसभाले उपमहानगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । नगरप्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका थिए । बजेटमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सूचना प्रविधि र वातावरणीय संरक्षण जस्ता क्षेत्रमा प्राथमिकता दिइएको उल्लेख गरिएको छ । १२ औं नगरसभामा नगरप्रमुख राजन पौडेलद्वारा प्रस्तुत गरिएको निति तथा कार्यक्रमको पुर्णपाठ यस्तो छ:-
Read moreजगदम्बा स्टिलको भट्टी स्थानान्तरण नभएसम्म सञ्चालन गर्न नपाउने गरी पाँच राजनीतिक दलले दिए प्रेस विज्ञप्ति
सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका प्रमुख पाँच दलले जगदम्बा स्टील्स् उद्योग भित्र रहेको विष्फोटक भट्टी स्थानान्तरण नभएसम्म संचालन नगर्न माग गरेका छन् । उद्योगमा बुधवार राति भएको विष्फोटको घटनापछि विभिन्न पाँच राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ पगाल्ने भट्टी स्थानान्तरण नभएसम्म संचालनमा रोक लगाउन माग गरेका हुन् । उपमहानगरपालिका भित्र रहेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नगर कमिटी अध्यक्षले विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । एमाले अध्यक्ष त्रिलोक बिक्रम शाह, कांग्रेस सभापति छविलाल शर्मा, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी र लोसपा सभापति सरोज पटेलले विज्ञप्ति जारी गरेका हुन् । राजनीतिक दलले उद्योगको सिसिएम प्लान्टमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विष्फोटका घटना नियन्त्रण गर्न उद्योग प्रशासन गम्भीर नदेखिएको आरोप लगाएको छ । ‘यस्ता घटनालाई दोहोरिन नदिन यसअघि पनि विभिन्न तह र क्षेत्रबाट पहलकदमी भईरहेको थियो । तरपनि भट्टी विष्फोट हुने क्रम रोकिएको देखिदैन । यस्तो घटनाले उद्योगभित्र जनधनको क्षति त छदैछ, उद्योग वरपर बसोबास गर्ने आमनागरिक पनि त्रसित अवस्थामा बस्नुपरेको छ । विष्फोटको घटनाले साना बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिकरुपमा असर पुर्याईरहेको वर्तमान अवस्थाप्रति हामी गम्भीर छौं’ विज्ञप्तिमा उल्लेख छ । बस्तीका बीचमा रहेको उद्योगले स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर कारखाना…
Read moreभ्रष्टाचार आरोपमा निलम्बन परिसकेका सिंहले पाए बहुदरमाईको हाकिमको जिम्मेवारी
वीरगञ्ज । भ्रष्टाचारको लागि बदनाम र भ्रष्टाचार मुद्दामा निलम्बनमा समेत परिसकेका उपसचिव राम विनय सिंहलाई पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । लामो समयदेखि विवादित बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई सरुवा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दामा निलम्बन परिसकेका सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । पर्साको तत्कालीन मिर्जापुर गाउँ विकास समिति वडा नम्बर ६, बघमरीस्थित एक झोले विद्यालयलाई रकम निकासा गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा कामु जिल्ला शिक्षा अधिकृतका रूपमा कार्यरत सिंहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मिर्जापुरमा खडा गरिएको राम प्रावि नामको झोले विद्यालयलाई आर्थिक वर्ष ६४/६५ देखि ६९/७० रकम निकासा गरेको जनाउँदै अख्तियारले सिंहसहित तत्कालीन जिल्ला शिक्षा अधिकारी सदानन्द झासहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको मुद्दाको आधारमा सिंह दुई वर्षका लागि निलम्बनमा समेत परेका थिए । यद्यपि भ्रष्टाचार मुद्दामा उनले सर्वोच्च अदालतबाट सफाई पाए । त्यसको केही समय पछि नै पुनः पर्साको जिल्ला शिक्षा अधिकारी बनेर आएका सिंह फेरी विवादमा तानिए । यस पटक उनमाथि विभिन्न जिल्लाबाट लगभग ४६ वटा जिल्लान्तर सरुवा र २२ जनालाई प्रावि, निमावि र माविमा राहत दरबन्दी सृजना गरेर करोडौँ रुपैयाँ असुल गरेको आरोप लगाएको थियो । तत्कालीन शिक्षा…
Read moreबाराको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग
बाराको प्रहरी प्रमुखको जिमेवारीमा आउनुभएको प्रहरी उपरिक्षक सन्तोष तामाङ्गले जिल्लाको सुरक्षा ब्यवस्थालाई कडाई गर्न सुन्य सहनशीलता अपनाउने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय कलैयामा पत्रकारहरुसंगको भेटमा उहाँले सुरक्षा ब्यवस्थालाई राम्रो बनाउन सुन्य सहनशीलता अपनाउने बताउनुभएको हो । सुरक्षाको दृष्टिकोण बारा जिल्ला उच्च जोखिममा रहेको र पछिलो समय यस जिल्लामा अपराधका घटना बढदै गएको भन्ने संचारकर्मिहरुको प्रश्नमा उहाँले प्रहरीले देशका नागरिकलाई शान्ति सुरक्षा दिने आफ्नो जिमेवारीलाई आफु आएपछि पुर्ण रुपले पालना गर्ने बताउदै सबैको साझा बनेर उत्कृष्ट काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले बोडरमा हुने अनैतिक आर्थिक लेनदेनका कुरालाई शुन्यमा ल्याउनुका साथै अधार र प्रमाणका साथ काम गर्न सबै मातहतका ईकाईहरुलाई निर्देशित गरेको जानकारी दिनुभयो । कार्यक्रममा बारा र पर्साका गरी करिब ५० भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनमा बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सुभद्रा वाईबापनि उपस्थित रहनुभएको थियो ।
Read moreलोसण्डाको राम जानकी मन्दिरको परिषदमा दुर्गा माताको मन्दिर शिलान्यास
बारा ओमप्रवेश यादव। आज मिति २०८१ /१० /१० को दिन बिहिबारको दिन जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ८ लोसनडामा राम जानकी मन्दिर स्थितको परिषदमा श्री दुर्गा माताको मन्दिर शिलान्यास भएको छ यस मन्दिरको शिलान्यास गर्दै राम जानकी मन्दिरका अध्यक्ष लक्ष्मी चौधरी ले यस मन्दिरको निर्माण राम जानकीको आयस्रोत र स्थानीय जनताको चन्दा सङ्कलन गरी पूर्ण रुपमा यो मन्दिर निर्माण गर्ने कुरा जानकारी दिनुभएको छ। लोसाण्डाको समाजसेवी तथा युवा नेता श्याम पासवानको अनुसार यस राम जानकी मन्दिरलाई विनाश गर्ने केही तत्वहरुलाई मुखमा ठूलो झट्का दिने यहाँको सामाजिक जन आवाजको रुपमा यो दुर्गा मन्दिर निर्माण हुन लागेको हो
Read moreअस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले जानकारी दिए
Read more८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ
मकवानपुर ।१९ असोज ।मकवानपुरको हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीयलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए ।बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । सुन तस्करीको विशेष सूचना पाएपछि एसपी खड्काकै कमाण्डमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार पक्राउ परेका दुवै जनाले जनकपुरबाट पथलैयासम्म बसमा र पथलैयाबाट स्कुटरमा यात्रा गरिरहेका थिए ।उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने एसपी खड्काले जानकारी दिए । हङकङको गिरोहसँग ह्वाट्स एपमा कुराकानी हुने गरेको खुलेको उनले बताए ।
Read moreमलाई फेरि प्रधानमन्त्री हुनु थिएन, : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो ।यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो । “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनाँै । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको…
Read more













