दीपेन्द्रको नयाँ वर्ष उपहार : एकै ओभरमा ६ छक्का
काठमाडौँ — एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्नु चानचुने कुरा हैन । त्यसैले पनि यो उपलब्धि विश्व क्रिकेटमै दुर्लभ मानिन्छ । जस्तोसुकै उम्दा ब्याटरका लागि पनि एकै ओभरका छ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो उपलब्धि हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि ब्याटरले देखाएको प्रदर्शनले भन्छ, यो सजिलै बन्ने कीर्तिमान होइन । नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ छक्का प्रहारको कीतिमान बनाएका छन् । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा दीपेन्द्रले उक्त कीर्तिमान बनाएका हुन् । उनले मस्कटस्थित अल अमेरातमा कतारका बलर कामरान खानले अन्तिम ओभरमा फालेको सबै बलमा छक्का प्रहार गरेका हुन् । ‘लगातार चौथो छक्का गएपछि भने पूरा ओभर नै छक्का हान्छु भन्ने मनसाय बनाएको थिएँ, सफल पनि भएँ,’ दीपेन्द्रले आफ्नो पछिल्लो उपलब्धिबारे खुसी व्यक्त गर्दै भने । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तेस्रो खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका हर्षल गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुङ्गेलाई वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ कै ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडलाई दक्षिण अफ्रिकाको डर्बनमा एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । त्यसैगरी वेस्ट इन्डिजका किइरन पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनन्जयको ओभरमा र अमेरिकाका जसकरण मलहोत्राले २०२१ मै पपुवा न्युगिनीका गौडी टोकाको…
Read moreवसडिलवाको सडक क्षेत्रमा परेको संरचना हटाइयो
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २९ बसडिलवामा निर्माणाधीन सडक क्षेत्रमा परेको घर टहरा हटाइएको छ । सडक क्षेत्रमा परेको घर टहरा नहटाउँदा सडक निर्माण कार्य अवरुद्ध हुँदै आएको थियो । वीरगञ्ज महानगरपालिकाबाट खटिएको टोलीले सडक क्षेत्रमा रहेको ३ वटा घर हटाएको हो । महानगरपालिकाको बगहिदेखि मुसैली बसडिलवा, बकनेर हुँदै पर्सागढी नगरपालिका – ३ पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्की सडक बनिरहेको छ । नाला सहित ३३ फिट फराकिलो यो सडकको अधिकांश क्षेत्रमा साइट क्लियर भइसकेको र बसडिलवामा केही घर नहट्दा निर्माण कार्य अवरोध हुन पुगेको थियो । पटक–पटक सडकमा परेको संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगर प्रमुख राजेशमान सिंहले सडक निर्माणमा अवरोध गर्ने संरचना हटाउन डोजर सहितको टोली पठाएका थिए । महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले सडक निर्माणमा अवरोध बनेको ३ वटा संरचना हटाएको हो । २० करोड ५१ लाखको लागतमा आगामी २०८१ पुस मसान्त भित्रमा निर्माण सम्पन्न गर्ने गरी सिद्धबाबा समा जेभी कन्स्ट्रक्सनले ठेक्का लिएर काम गरिरहेको छ । सडकमा परेको संरचना हटाउन वडा नम्बर २९ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, नगर प्रहरी इन्चार्ज हरि भुसाल, स्थानीय राधेचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
Read moreबारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।अधिवेशनमा
ओम प्रवेश यादव आज बारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला अधिवेशनमा बारा जिल्लाको सबभन्दा बढी जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।
Read moreनक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, चैत १८-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”
Read moreहजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ?
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।” कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ । अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ । “पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही…
Read moreकर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला
कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लभ शाहीले बताए ।
Read moreपर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली होली मिलन कार्यक्रम सम्पन्न पारेको छ।
मिती 2080 चैत 09ओमप्रवेश यादव पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो नगरवासीमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली पर्वलाई विशेष गरी हाम्रो हिन्दुहरूको महान चाड होली पर्वलाई र उद्देश्यमय र समाजमा राम्रो उद्देश्य सद्भावलाई कायम गर्दै राम्रो उद्देश्य लिएर आफ्नो परम्परालाई पहिचान गाउँपालिका प्रमुख विनोद जयसवालले आफ्नो नगरवासीमा गाउँपालिकावासीलाई यसपालिको होली एकदमै शुभ र मङ्गलमय मंगनाउनु र आफ्नो पर्वको पहिचान गराउनु र एक आपसमा सद्भाव कायम गर्नु नै हाम्रो होली पर्वको विशेष शुभकामना रहेको छ पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो नगरवासीमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली पर्वलाई विशेष गरी हाम्रो हिन्दुहरूको महान चाड होली पर्वलाई र उद्देश्यमय र समाजमा राम्रो उद्देश्य सद्भावलाई कायम गर्दै राम्रो उद्देश्य लिएर आफ्नो परम्परालाई पहिचान
Read moreमधेशको चर्चीज गायक प्रमोद जखमीको नया गित को छयाकंन तयारी
मधेशको चर्चीज गायक प्रमोद जखमीको नया गित को छयाकंन तयारी
Read moreसंसद्मा बोल्न नपाएको गुनासो गर्दै तोसिमाले भनिन्ः सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो ?
काठमाडौं, चैत ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्मा बोल्न नपाएको गुनासो गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए । प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् । उनले फेसबुकमा स्टाटस लेखेकी छन्, ‘नियमावली अनुसार संसद्मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’ संसद्मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो? एकअर्कामाथि छेडखानी मात्र ?’ उनको प्रश्न छ । सांसद डा. कार्कीको फेसबुक स्टाटस जस्ताको तेस्तैसंसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ? काठमाण्डौमा नै बीर, पाटन, कान्ति, टिचिङ लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन छ। बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर केहि अस्पतालका आईसीयु खाली बसेका छन्।यसबारेमा संसदमा…
Read more
















