गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ । पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताउनुभयो । तीन…

Read more

बारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।अधिवेशनमा

ओम प्रवेश यादव आज बारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला अधिवेशनमा बारा जिल्लाको सबभन्दा बढी जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।

Read more

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, चैत १८-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”

Read more

हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ?

वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।” कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ । अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ । “पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही…

Read more

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लभ शाहीले बताए ।

Read more

पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली होली मिलन कार्यक्रम सम्पन्न पारेको छ।

मिती 2080 चैत 09ओमप्रवेश यादव पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो नगरवासीमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली पर्वलाई विशेष गरी हाम्रो हिन्दुहरूको महान चाड होली पर्वलाई र उद्देश्यमय र समाजमा राम्रो उद्देश्य सद्भावलाई कायम गर्दै राम्रो उद्देश्य लिएर आफ्नो परम्परालाई पहिचान गाउँपालिका प्रमुख विनोद जयसवालले आफ्नो नगरवासीमा गाउँपालिकावासीलाई यसपालिको होली एकदमै शुभ र मङ्गलमय मंगनाउनु र आफ्नो पर्वको पहिचान गराउनु र एक आपसमा सद्भाव कायम गर्नु नै हाम्रो होली पर्वको विशेष शुभकामना रहेको छ पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो नगरवासीमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली पर्वलाई विशेष गरी हाम्रो हिन्दुहरूको महान चाड होली पर्वलाई र उद्देश्यमय र समाजमा राम्रो उद्देश्य सद्भावलाई कायम गर्दै राम्रो उद्देश्य लिएर आफ्नो परम्परालाई पहिचान

Read more

जितपुरसिमरा का व्यवपारीहरूको भविष्य खतरामा

जितपुरसिमरा का व्यवपारीहरूको भविष्य खतरामा दिन दिनै गइरहेको व्यथा व्यवपारी हरूको रहेछ।ब्यपार नहेने र सटर भाडा दिन दिनै बढदै गएको गनासो राखेका छन। महगी बढे संगै ग्राहक हरू रक्सौल गएर ब्यवपार गरेको बताए।

Read more

संसद्‌मा बोल्न नपाएको गुनासो गर्दै तोसिमाले भनिन्ः सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो ?

काठमाडौं, चैत ७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए । प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी छन् । उनले फेसबुकमा स्टाटस लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’ संसद्‌मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्‌मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो? एकअर्कामाथि छेडखानी मात्र ?’ उनको प्रश्न छ । सांसद डा. कार्कीको फेसबुक स्टाटस जस्ताको तेस्तैसंसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र ? काठमाण्डौमा नै बीर, पाटन, कान्ति, टिचिङ लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन छ। बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर केहि अस्पतालका आईसीयु खाली बसेका छन्।यसबारेमा संसदमा…

Read more

You Missed

बिरगंज पर्सामा नारायणी अस्पतालमा हैजा संक्रमितको चाप, बेड अभावले उपचारमा समस्या
वडा नं. २४ को यादव बस्ती उपेक्षित: स्थानीयको वडा कार्यालय घेराउ
जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
जितपुर सिमरा उपमहानगरपालिकाको २०८२/८३ को बजेटको पुर्णपाठ,के के छन् प्रमुख प्रथामिकतामा?
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा ,बारा जिल्ला
विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग