फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती
फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिधालय भवन निर्माणमा ढिलासुस्ती मनाेज शाह जितपुर बारा माघ ८ गते: श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण र ढिलासुस्ती भएको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेकेदारले आनाकानी गर्दैछ। जितपुरसिमरा नगरभरिका पुरानो विद्यालयको रूपमा ख्याति प्राप्त विद्यालय हो। अहिले विद्यालय भवन अभाव भएकोले सो भवन निर्माणको ठेक्का नगरले गराएको थियो। निर्माण ठेक्का एनके कन्ट्रक्सन वीरगञ्ज प्रालीले ठेक्का सकार गरेको थियोे । अहिले ठेक्का सकार गरेको ठेकेदारले अरुलाई ठेक्का दिएकोले भवन निर्माणमा ढिलासुस्ती भएको विद्यालयका प्रधानाध्यापक राजु सिंहले बताए । भवन अभावका कारण जितपुरका बालबालिका पढाउन छिटोभन्दा छिटो बनाउने भवन माग गरिरहेका वडाध्यक्ष ७ का सुनिल गुप्ताले बताए ।
Read moreअस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले जानकारी दिए
Read moreहातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न
१९ असोज।सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो । https://www.facebook.com/share/v/nvZF1AoCz9SAtRVD/ प्रमुख अतिथी समेत रहनु भएका मन्त्री क्षेत्रीले सहकारीले आवद्ध सदस्यको हितमा काम गर्दै उनीहरुको मन जित्न सके मात्रै सफल हुने बताउनु भयो । सहकारीको नाम लिँदा बाराको हातेमालो पहिलो नम्बरमा परिचित रहेको आफुले पाएकोमा हातेमालो सहकारी संस्थाको जति प्रशन्सा गरेपनी कम हुने बताए ।मधेश प्रदेश सरकारले लामो समयदेखी सम्पर्कमा नाअएको सहकारी संस्थाको दर्ता खारेजी गर्ने कार्यको चाडै सुरुवात गर्ने मन्त्री क्षेत्रीले बताए ।मधेश प्रदेशमा रहेका सहकारी संचालकलाई बोलाएर अन्तरक्रिया गरेर सरकार प्रदेश सहकारीको हकहितमा काम गर्न त्यार रहेको समेत मन्त्री क्षेत्रीले बताए । संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र ६ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख स्व:कृष्ण पौडेलको श्रीमतिलाई सम्मान गरिएको छ ।उक्त साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ,संस्थाका कोषाध्यक्ष बरुण गौतम लगाएत संस्थाका कर्मचारी ,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी,…
Read moreमलाई फेरि प्रधानमन्त्री हुनु थिएन, : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताउनुभएको छ ।‘स्टार्ट अप नेशन–२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताउनुभयो । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिनुभयो ।यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्वहरु छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गर्नुभयो । “हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ । सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न । यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सरकारमा झन्डा हल्लाउन आएका होइनाँै । यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हो ।” उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताइएको…
Read moreस्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको प्रथम पुरस्कार नगद रू११,०००युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुर
ओमप्रवेश यादव( बारा ) आज सञ्चालन भएको स्वामी विवेकका नन्द संस्कृतिक ज्ञान परीक्षाको मुख्य सञ्चालक एवं कार्यक्रम संयोजक सन्दिप शाह ज्यूको अध्यक्षतामा यस कार्यक्रमलाई सम्पन्न गरी प्रथम प्रथम पुरस्कार नगद रु. १००० दोस्रो पुरस्कार नगद रु ७ हजार तेस्रो पुरस्कार नगद रु ५००० सन्ताउन्न पुरस्कार नगद रु ५०० ११ जनालाई रसिल मेडल र प्रमाणपत्र दिई आजको कार्यक्रम सम्पन्न भएको छl यस कार्यक्रमको मुख्य प्रमुख अतिथि डाक्टर रविन्द्र सिंह हुनुहुन्थ्यो भने विशिष्ट अतिथि फुर्तिलाल प्रसाद कलवार र प्रमुख वक्ता मुनिलाल कर्णजी हुनुहुन्छ र सहभागी विद सहभागी विद्यालयहरू जितपुर पब्लिक स्कुल जितपुर होलीराज स्कुल जितपुर केयरभिजन स्कुल जितपुर एजुकेसन गार्डन बारा स्कुल एकाडेमी जितपुर एवरग्रीन स्कुल पर्सा ३२ ब्राइटर एकाडेमी सिमरा सिम्रा पब्लिक स्कुल सिम्रा new एकता सिम्रा आदि स्कुलले यसमा सहभागी लिएका थिए।पहिलाे पुरस्कार विजेता- युराज कुमार, एभर ग्रिन एकाडेमी जितपुरदाेस्राे पुरस्कार विजेता- दिपांशु तिवारी, जितपुर पब्लिक एकाडेमी जितपुर,तेस्राे पुरस्कार विजेता- अलिसा चाैधरी, एमरल्ड एकाडेमी जितपुरसन्तावना परस्कार विजेताहरू -सन्देश श्रीवास्तव र ईशान्त रेग्मि , ब्राईटर एकाडेमी सिमरासिद्धार्थ बानियाँ र आयुस सिंह, केयर भिजन एकाडेमी जितपुरप्रिया झा, सिमरा पब्लिक सिमराप्रियांसी कुमारी गुप्ता, एभर ग्रिन एकाडेमी जितपुर आदीप्रथम पुरस्कार नगद रू११,०००/दाेस्राे पुरस्कार नगद रू ७,०००/तेस्राे पुरस्कार नगद रू ५,०००/सन्तावना पुरस्कार नगद रू ५००/ ११ जना लाई र शिल,मेडल र…
Read moreगण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द
पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ । पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताउनुभयो । तीन…
Read moreहङकङमाथि नेपालको एकपक्षीय जित
काठमाडौँ — बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्यो । र्षाका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा १ सय १४ रनमै अलआउट भयो । नेपालले १२.२ ओभरमै लक्ष्य पुरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा ३ चौका प्रहार गरी २५ र सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का प्रहार गरी १९ रन बनाई अविजित रहे । कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल १९ बलमा ३२ रन बनाई छैटौं ओभरमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । आसिफले १८ बलमा समान ३ चौका र छक्का प्रहार गरी ४० रन बनाए । मस्कटस्थित अल अमेरातमा अविनाश बोहरा र ललित राजवंशीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनीहरुले विकेट लिनुका साथै कसिलो बलिङ गरेका थिए । अघिल्लो खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका दीपेन्द्रले पछिल्लो दुई विकेट लगातार बलमा लिएपछि हङकङ पुरा १८ ओभर पनि खेल्न नसकी अलआउट भयो । हङकङ इनिङ्सको अन्तिम ओभर दीपेन्द्रको हकमा बलिङमा पहिलो ओभर थियो । अविनाशले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललितले ४ ओभरमा १…
Read moreपाँचौ बकुलिया भवानीपुर गोल्ड कप फाइनलमा प्रवेश को ?
बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो । खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।
Read moreअदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्ः प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताउनुभएको छ । सोमवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताउनु भयो । उहाँले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताउनु भयो । उहाँले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताउनु भयो । उहाँले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अलालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रुपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरुमा राम्रो दृष्टिकोणले मुद्दा निरुपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरु छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन् । ति मुद्दाहरुलाई हामीले पक्षबाट न्युनिकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् । मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध छौँ, लागिरहेका छाँै । अहिलेको भोलि नै हुनेकुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छाँै…
Read more















