गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द
पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । जसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै नहरमा पानी बन्द गरेको हो । त्यसैले विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताउनुभयो । यस विषयमा आधिकारिक कुनै पत्र प्राप्त नभएको र नेपालमा मर्मत पनि नभएको उहाँले जानकारी गराउनुभयो । हरेक वर्ष भारतीय पक्षले कात्तिक–मङ्सिर र चैत–वैशाख गरी दुईपटक नहरको पानी बन्द गर्ने गर्छ । पन्ध्र मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले पाँचदेखि साढे पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएपछि दैनिक औसतमा सातदेखि आठ लाखसम्म घाटा रहेको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताउनुभयो । तीन…
Read moreहङकङमाथि नेपालको एकपक्षीय जित
काठमाडौँ — बलरहरुको उत्कृष्ट प्रर्दशन र आक्रामक ब्याटिङमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा हङकङमाथि एकपक्षीय विजय हात पारेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले सोमबार हङकङलाई ८ विकेटले पराजित गर्यो । र्षाका कारण १८–१८ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा १ सय १४ रनमै अलआउट भयो । नेपालले १२.२ ओभरमै लक्ष्य पुरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा ३ चौका प्रहार गरी २५ र सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्का प्रहार गरी १९ रन बनाई अविजित रहे । कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरी नेपाललाई सानदार सुरुआत दिलाएका थिए । कुशल १९ बलमा ३२ रन बनाई छैटौं ओभरमा आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । आसिफले १८ बलमा समान ३ चौका र छक्का प्रहार गरी ४० रन बनाए । मस्कटस्थित अल अमेरातमा अविनाश बोहरा र ललित राजवंशीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनीहरुले विकेट लिनुका साथै कसिलो बलिङ गरेका थिए । अघिल्लो खेलमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका दीपेन्द्रले पछिल्लो दुई विकेट लगातार बलमा लिएपछि हङकङ पुरा १८ ओभर पनि खेल्न नसकी अलआउट भयो । हङकङ इनिङ्सको अन्तिम ओभर दीपेन्द्रको हकमा बलिङमा पहिलो ओभर थियो । अविनाशले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललितले ४ ओभरमा १…
Read moreपाँचौ बकुलिया भवानीपुर गोल्ड कप फाइनलमा प्रवेश को ?
बारा, चैत्र २० गते । पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो । खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए । जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।
Read moreअदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन्ः प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताउनुभएको छ । सोमवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलाको तुलनामा अहिले अलालतले गरेका कामकारबाही व्यवस्थित हुँदै गएको बताउनु भयो । उहाँले मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने ध्येयबाट नै अदालत अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले अदालतमा अहिले धेरै पुराना मुद्दाहरु नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताउनु भयो । उहाँले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको बताउनु भयो । उहाँले मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अलालतले गरेका कामकारबाहीमा पहिलाको तुलनामा अहिले हामीले व्यवस्थित रुपमा मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भनेर सबै अदालतहरुमा राम्रो दृष्टिकोणले मुद्दा निरुपण भएका छन् । छिटो छरितो भएका छन् । हामीसँग धेरै पुराना मुद्दाहरु छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरु छन् । ति मुद्दाहरुलाई हामीले पक्षबाट न्युनिकरण गर्नका निम्ति हामीले काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन् । मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिवद्ध छौँ, लागिरहेका छाँै । अहिलेको भोलि नै हुनेकुरा होइन । सर्वोच्च अदालतलाई सबैभन्दा छिटो छरितो र चाँडो बनाउने काममा लागिरहेका छाँै…
Read moreबारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।अधिवेशनमा
ओम प्रवेश यादव आज बारा जिल्लामा भएको नेकपा एमालेको ११औ जिल्ला अधिवेशनमा बारा जिल्लाको सबभन्दा बढी जितपुर सिम् रा वार्ड नं ७ का वडाबासीहरू सुनिल गुप्ताको पहलमा एमाले पार्टी प्रवेश गरेका छन्।
Read moreनक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, चैत १८-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनूहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको अनुगमन गर्नूस् र एक्सन लिनूस् ।”
Read moreहजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा थन्किए ?
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताउनुभयो । “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ ।” कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो । २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ । अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभई थन्किरहेको बताउनुहुन्छ । “पहिला वीरगञ्ज भन्सार कार्यालयमा झण्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही…
Read moreकर्णाली नदीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला
कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लभ शाहीले बताए ।
Read moreपर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली होली मिलन कार्यक्रम सम्पन्न पारेको छ।
मिती 2080 चैत 09ओमप्रवेश यादव पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो नगरवासीमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली पर्वलाई विशेष गरी हाम्रो हिन्दुहरूको महान चाड होली पर्वलाई र उद्देश्यमय र समाजमा राम्रो उद्देश्य सद्भावलाई कायम गर्दै राम्रो उद्देश्य लिएर आफ्नो परम्परालाई पहिचान गाउँपालिका प्रमुख विनोद जयसवालले आफ्नो नगरवासीमा गाउँपालिकावासीलाई यसपालिको होली एकदमै शुभ र मङ्गलमय मंगनाउनु र आफ्नो पर्वको पहिचान गराउनु र एक आपसमा सद्भाव कायम गर्नु नै हाम्रो होली पर्वको विशेष शुभकामना रहेको छ पर्सौनी गाउँपालिकाले आफ्नो स्थानीय तहमा आफ्नो नगरवासीमा आफ्नो गाउँपालिकाबासीलाई होलिपर्वको विशेष शुभकामना प्रदान गर्दै होली पर्वलाई विशेष गरी हाम्रो हिन्दुहरूको महान चाड होली पर्वलाई र उद्देश्यमय र समाजमा राम्रो उद्देश्य सद्भावलाई कायम गर्दै राम्रो उद्देश्य लिएर आफ्नो परम्परालाई पहिचान
Read moreसांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीको पत्र
सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’ नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अजित नारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो । सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सीआईबीको पत्र सभामुखलाई सीआईबीइले लेखेको पत्रमा भनिएको छ, ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भई रहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’ नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अजित नारायणसिंह थापासमेत भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो ।
Read more